सर्लाहीमा भोलि बिहान आठ बजेसम्मका लागि कर्फ्यू आदेश

सर्लाही- जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवा नगर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच झडप उत्पन्न भएपछि थप तनाव थप बढ्न नदिन आज बेलुका ५ बजेदेखि भोलि विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश जारी हुने क्षेत्रमा नगरको पूर्वमा झिम नदि, पश्चिमा मुसौली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी क्षेत्रसम्म रहेको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा उल्लेख छ ।

हिजो साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो ।

शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएपछि स्थानीय प्रसाशनले कफ्यु आदेश जारी गरेको हो ।

https://ujyaalonepalnews.com/archives/31190

Previous articleमाओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री
Next articleचीनको सीमा क्षेत्र तिंकरमा सशस्त्रको बीओपी स्थापना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।