हिमालय एयरलाइन्सद्वारा काठमाडौँदेखि चीनको छिन्ताओमा उडान सुरु

काठमाडौं- हिमालय एयरलाइन्सले काठमाडौँदेखि चीनको पर्यटकीय सहर छिन्ताओमा हवाई उडान सुरु गरेको छ । एयरलाइन्सले छिन्ताओमा सिधा उडान सुरु गरेको हो ।

सिधा उडानको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन सोङ लगाएतले शुभारम्भ गर्नुभयो ।

साताको चार उडान गर्ने र यात्रुको चाप अनुरुप आगामी दिनमा उडान थप्ने योजना रहेको कम्पनीले उल्लेख गरेको छ । हिमालय एयरलाइन्सले अहिले चीनको बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ र गोयाङमा उडान गर्दै आएको छ ।

उद्घाटन उडानका अवसरमा पर्यटनमन्त्री किरातीले चीनको सांस्कृतिक एवं पर्यटकीय सहर छिङदाओमा हिमालयले पहिलो पयटक उडान भरेर पर्यटनका लागि महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।

https://ujyaalonepalnews.com/archives/31228

Previous articleचलचित्र ‘एक भगवत् गीता’ को नाम परिवर्तन गर्ने सहमति
Next articleगुल्मीमा भुस्याहा कुकुरको आतंकः एकै दिनमा १० जनालाई टोक्यो, खोपको अभाव
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।