पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको छ ।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव हिजो वीर अस्पतालमा भर्ना हुनुभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा डा भूपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ । उहाँको अवस्था स्थिर छ ।

चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको उपकुलपति डा बस्नेतले जानकारी दिनुभयो ।

यसैबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल पुगेर पूर्वराष्ट्रपति यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

स्वास्थ्यमन्त्री बस्नेतले पूर्वराष्ट्रपति यादवसँगै वीर अस्पतालमै उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई पनि भेटेर स्वास्थ्य अवस्था जानकारी लिनुभएको छ ।

https://ujyaalonepalnews.com/archives/31232

Previous articleगुल्मीमा भुस्याहा कुकुरको आतंकः एकै दिनमा १० जनालाई टोक्यो, खोपको अभाव
Next articleसँगै विष सेवन गरेका झापाका भट्टराई दम्पतीको एउटै चितामा अन्त्येष्टि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।