हम्मरले टाउको फुटाएर भारतिय कर्णेलले गरे नेपाली युवतीको निर्मम हत्या (भिडियो)

उज्यालो नेपाल-  घरमा श्रीमती हुँदाहुँदै बाहिर अन्य महिला संग सम्बन्ध बनाउँदा त्यसको नतिजा अन्तिममा दु:खद नै हुन्छ ।  यो एकजना नेपाली चेलीको यथार्थ कहानी हो । सेक्टेम्बर ९ अर्थात यहि भदौ २३ गते श्रेया नाम गरेकी नेपाली युवतीको एकजना भारतिय सेनाका कर्णेलले निर्मम हत्या गरेका छन् ।अचेत हुनेगरी रक्सि खुवाएर एकान्तमा लगी हम्मरले टाउकोमा पटक पटक प्रहार गरि श्रेयाको हत्या गरिएको हो।

श्रेया सिलगुडीको एउटा डान्स बारमा डान्सरको रुपमा काम गर्थिन। ति भारतीय सेनाका कर्नेल र श्रेयाको भेट त्यहि डान्स बारमा भएको थियो । सामान्य बोलचाल बाट सुरुभएको उनीहरुको सम्बन्ध यति गहिराईमा पुग्यो कि श्रेया ति कर्नेललाई छोड्नै नसक्ने अवस्थामा पुगिन् । रुप र यौवन कि धनि श्रेयाको जवानी देखेर ति कर्नेल पनि आफ्नो घर बिर्सने अवस्थामा पुगे । एकआपसमा प्रेम सम्बन्धमा रहेका उनीहरु देहेरादून मै एउटी फ्ल्याटमा बस्न थालेका थिए ।

नेपालकै प्रतिष्ठित बैंकमा रोजगारीको अवसर !! पुरा विवरण हेर्न यँहा क्लिक गर्नुहोला !!

घरमा श्रीमती हुँदा हुँदै यता अर्की युवती संग प्रेममा रहेका कर्णेलले श्रेयालाई सम्पूर्ण सुखसुविधा दिएर राखेका थिए । ३ वर्ष सम्म उनीहरु सिलगुडीमा श्रीमान् श्रीमतीकै रुपमा रहे । जब ति कर्नेलको सरुवा सिलगुडी बाट आफ्नै गृहनगर देहरादुन मा भयो त्यसपछि यी दुईको बिचमा खटपट सुरुभएको भारतिय प्रहरीको अनुसन्धानमा खुलेको छ ।

दुईवटा डुंगामा खुट्टा राखेर हिंडिरहेका कर्नेल कुनै पनि बेला दुर्घटनामा पर्ने अवस्था थियो । आफु सरुवा भएर आएपछि यिनले श्रेयालाई पनि संगसंगै लिएर आए र एउटा कोठा खोजेर राखे। विस्तारै कर्नेलकि श्रीमतीलाई आफ्नो श्रीमान् को बाहिर अन्य युवती संग सम्बन्ध रहेको शंका लाग्न थाल्यो । आखिर झुट कति दिन लुक्थ्यो र ? कर्नेल कि श्रीमतीले सबै कुरा थाहा पाईन् ।

आफ्नो ३ वर्षे देखिको प्रेम श्रीमती कै कारण गुमाउनु पर्ने अवस्थामा कर्नेल पुगेका थिए । पारिवारिक अवस्था र सामाजिक प्रतिष्ठा संग जोडिएको विषय हुनाले प्रेमिका श्रेयालाई घरमा भित्राउन कर्नेल असफल थिए । श्रीमती बारम्बार प्रेमिकालाई छोड्न दबाब दिन थालिन् । उता श्रेया पनि कर्नेल संग जिवन गुजार्ने स्वर्णिम सपना देखिरहेकी थिईन् । श्रीमतीको कारण श्रेयालाई साथ दिन नसक्ने भएपछी कर्णेलले श्रेयालाई सिलगुडी नै फर्कन आग्रह गरे । कोठा खोजिदिने र सम्पूर्ण खर्च बेहोर्ने बताएपनि श्रेयाले सजिलै मान्ने अवस्था थिएन ।

श्रीमती प्रेमिका छोड्न दबाब दिने र प्रेमिका विवाह गर्न दबाब दिने भएपछी कर्नेल तनाबको अवस्थामा पुगेका थिए। श्रेयाले सार्वजनिक बेईजत गरिदिने धम्कि दिएपछि कर्नेल कसरी हुन्छ श्रेयालाई आफ्नो बाटो बाट पन्छाउने निर्णयमा पुगे। यसै क्रममा गत भदौ २३ गते कर्णेलले श्रेयालाई अचेत हुनेगरी मदिरा पिलाएर एकान्तमा लागि टाउकोमा हम्मरले पटक पटक निर्मम प्रहार गरि हत्या गरेको भारतिय प्रहरीले बताएको छ । श्रेयाको पुरा नाम श्रेया शर्मा रहेको र उनको नेपालको घर तनहुँ जिल्लामा रहेको बताईएको छ । उनको शव हाल अस्पतालमै राखिएको छ र परिवार संगको सम्पर्कको लागी नेपाली दुताबासमा खबर गरिएको प्रहरीले बताएको छ ।

भिडियो हेर्नुहोस् 

 

https://ujyaalonepalnews.com/archives/31358

Previous articleसंविधान दिवसको अवसरमा विभूषण वितरण स्थगित गर्ने सरकारको निर्णय
Next articleशिक्षक महासंघद्वारा आन्दोलन घोषणा, असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।