१ असोज, चितवन । नारायणी नदीमा पौडी खेल्ने क्रममा डुवेर नवलपरासीको गैंडाकोटमा एकैघरका २ बालकको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका वडा नं. ७ गैरी घर भएका सुमन कुमालका छोराहरु १४ वर्षका सविन कुमाल र ९ वर्षका संगम कुमालको डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले बताए ।
उनका अनुसार दुई दाजुभाइ नदीमा पौडी खेल्ने क्रममा दिउँसो नदीमा डुबेका थिए ।
जागिरको खोजीमा हुनुहुन्छ? नेपालकै प्रतिष्ठित बैंकमा रोजगारीको सुवर्ण अवसर। पुरा जानकारीको लागि यँहा क्लिक गर्नुहोला।
उनीहरुलाई नदीबाट निकालेर अस्पताल पठाइएकोमा उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको सुनारले जानकारी दिए ।
https://ujyaalonepalnews.com/archives/31448


