पाल्पामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पाल्पा- पाल्पामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनासकाली ७ झाक्रीस्थानका २८ वर्षीय सुधन भट्टराई रहेको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो जिल्ला सदरमुकाम तानसेनदेखि बगनासकाली गाउँपालिका वडा नम्बर ७ खानीगाँउ जादै गरेको लु १ ज १७५९ नम्बरको जिपले बगनासकाली ९ चाप्पानीस्थित भित्रि पक्की सडकमा भट्टराई सवार लु ५५ प ६८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका सुधनको उपचारका लागि हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल काठमाण्डौं पठाएकोमा उपचारका क्रममा बेलुका ६ बजे तिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सन्तोष चन्दका अनुसार प्रहरीले चालक र जिपलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान जारी राखेको छ ।

https://ujyaalonepalnews.com/archives/31517

Previous articleआर्थिक विकासले मात्र प्रजातान्त्रिक प्रणालीको स्थायित्व सम्भव छ: प्रधानमन्त्री दाहाल
Next articleशे-फोक्सुण्डोबाट लुटिएका मूर्ति ओडारमा फेला
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।