काँग्रेस केन्द्रीय समितिमा थप ८ जना सदस्य मनोनयन

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा आठ जनालाई मनोनयन गर्नुभएको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्ती अनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले कार्यसमितिमा सदस्य थप गर्नुभएको हो ।

मनोनयन हुनेहरुमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा हुनुहुन्छ ।।

https://ujyaalonepalnews.com/archives/31527

Previous articleआहा ! मनै लोभ्याउने फुङफुङ्गे झरना
Next articleनेप्से परिसूचकमा उत्साहजनक वृद्धि
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।