जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ- सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान कपुरकोट गाउँपालिका– ३ चोरखोला नजिक सेतापैरास्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङतर्फ आइरहेको तरकारी बोकेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घटनामा परी एक जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि दाङ ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित हुँदा सडकदेखि करिब ३५० मिटर तल खसेको थियो ।

ज्यान गुमाएका व्यक्तिहरुको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रेशमलाल पौडेलले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/31661

Previous articleभारततर्फ लैजान लागेको ८ सय ५५ बोतल अबैध मदिरा बरामद
Next articleप्रधानमन्त्री ग्रेटहल अफ पिपलमा : अध्यक्ष चाओसँग भेटवार्ता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।