कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा(९) बमोजिम लिलावल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री, बुद्धिकुमार राजभण्डारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री, रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राईलाई आर्थिक ममिला तथा योजना राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज यहाँ आयोजित एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो । यसैगरी मुख्यमन्त्री कार्कीले मन्त्री महतो र राईलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभयो ।

https://ujyaalonepalnews.com/archives/31685

Previous articleजथाभावी ग्रामीण सडक निर्माणले कर्णाली राजमार्ग नै अतिक्रमणमा
Next articleडेंगु संक्रमणबाट पाल्पामा थप एकको मृत्यु, मृतक संख्या तीन पुग्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।