एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

मोरङ- विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ ।

घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गर्नुभएको छ । विनोद ढकालले ४३० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राजकुमार भण्डारी विजयी हुनुभएको छ । त्यस्तै दुइ जना उपसचिवमा जलवर्षा राजवंशी र देवान र्राई विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कोशी प्रदेशको १ सय ३७ पालिका र विभिन्न जनवर्गिय संघ संगठन तथा मजदुर र दलित गरी ९ सय ९७ जना मतदाता रहेको मा ९ सय ७७ जनाले आइतवार राती भएको मतदानमा भाग लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुइ जना उपसचिव गरी ५ जना पदाधिका सहित २ सय १५ सदस्यीय प्रदेश समिति मध्ये ४९ वटा पदहरुमा निर्विरोध निर्वाचित भईसकेका छन् भने अन्य सदस्यहरुको मतगणना भईरहेकेा निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/31901

Previous articleलिम्बूको हत्या प्रकरणमा मुख्य आरोपीसहित ११ जना सार्वजनिक
Next articleकाठमाडौंस्थित एक  स्टोरलाई दुई लाख जरिवाना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।