राष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ ।

इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट भविश्यमा उहाँको भ्रमण हुने परराष्ट्र सचिव भरत पौडेलले जानकारी दिनु भएको छ ।

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो ।

https://ujyaalonepalnews.com/archives/32210

Previous articleभ्रष्टाचारको अभियोगमा तीन कर्मचारी पक्राउ
Next articleइजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले राहतस्वरुप पाँच लाख दिने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।