रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १६ मा भोली शुक्रबार बृहद् स्वास्थ्य शिविर हुने भएको छ । ग्रिन सोसाइटी नेपालको अगुवाइमा सात वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा वडा नं १६ को वडा कार्यालय परिसरमा स्वास्थ्य शिविर हुँदैछ ।
ग्रामिण क्षेत्रमा बसोबार गर्ने विपन्न समुदायको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य शिविर आयोजना गरिएको ग्रिन सासाइटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिए । पुरानो मेडिकल कलेज भरतपुर (CMS) को प्राविधिक सहयोगमा हुने शिविरमा विशेषज्ञ डाक्टरहरुबाट नशा हाडर्जोनी, पेट,मुटु, छाती, उच्चरक्तचाप, मधुमेह, स्त्रीरोग, दाँत तथा आँखा रोगको स्वास्थ्य परीक्षण हुने परियारले जानकारी दिए ।
ग्रिन सोसाइटी नेपाल, लायन्स क्लब अफ चितवन सौराहा,लायन्स क्लब अफ चितवन पिठुवा, लायन्स क्लब अफ रत्ननगर मीड नेपाल, लायन्स क्लब अफ कालिका पदमपुर, लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ चितवन कालिका, लायन्स क्लब अफ रत्ननगर पिसको सयुक्त आयोजनामा शिविर हुँदैछ ।
https://ujyaalonepalnews.com/archives/32274


