दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको नाकाहरुमा भिड

काठमाडौँ- दसैँ मनाउन करिब १२ लाख मानिस काठमाण्डौं उपत्यकाबाट आ-आफ्नो थातथलो फर्केका छन् ।

लाखौं मानिसले उपत्यका छाडेसँगै राजधानी शहर सुनसान बन्दै गएको छ ।

राजधानी बाहिरिने विभिन्‍न नाकाहरुमा घर फर्कनेहरुको भिड कायमै छ ।

सार्वजनिक सवारी साधनसँगै निजी सवारी साधनमा पनि ठूलो संख्यामा मानिसहरु राजधानीबाट बाहिरिएको प्रहरीले जनाएको छ ।

खासगरी काम विशेषले काठमाण्डौं उपत्यका लगायत मुलुकका विभिन्न ठाँउमा बसिरहेकाहरु दशैं परिवारसंगै मनाउन आ-आफ्नो थातथलो फर्केका छन् ।

पारिवारिक जमघट र आफ्ना मान्यजनका हातबाट टीका थापी आर्शिवादका लागि विदेशमा रहेकाहरु समेत स्वदेश फर्केका छन् । भारतसँग सीमा जोडिएका जिल्ला नाकाहरुमा पनि घर फर्कने नेपालीहरुको भिड उस्तै रहेको छ ।।

https://ujyaalonepalnews.com/archives/32552

Previous articleनेपाली सेनाका अफिसर क्याडेट बानियाँलाई पाकिस्तानमा स्वर्णपदक
Next articleराष्ट्रपति पौडेलबाट पलाञ्चोक भगवतीको दर्शन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।