भ्रामक टिप्पणी नगर्न माओवादीको अनुरोध

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले आगामी मङ्सिर २२ गते काठमाडौँमा आयोजना हुने जनप्रदर्शनलाई लिएर ‘सरकारमा रहेको माओवादी सडक सङ्घर्षमा’ भनी सार्वजनिक भएका टीकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले एक प्रेस विज्ञप्ति निकालेर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’अन्तर्गत जनपरिचालनका कार्यक्रम मात्र आयोजना गरिएको स्पष्ट गर्नुभएको छ । विज्ञप्तिमा भ्रामक समाचार एवं टिप्पणी नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/32782

Previous articleदश महिनामा आठ लाख पर्यटक
Next articleप्रधानाध्यापक हत्यामा सार्पसुटरको प्रयोग, पक्राउ परेका पाँच जना सार्वजनिक
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।