लेक लागेर प्रहरीको मृत्यु

कास्की- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणका क्रममा अन्नपूर्ण आधार शिविरमा खटिनुभएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको मोदी गाउँपालिका ६ निवासी हाल घान्द्रुक प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक टीकाराम ढुङगाना रहनुभएको छ ।

उहाँ आधार शिविरमा यहि कार्तिक ११ गतेदेखि खटिनुभएको थियो । बुधबार विहान त्यहाँबाट पैदल मार्ग हुँदै पुनः घान्द्रुक फर्कने क्रममा विचबाटोमा अचानक श्वास प्रश्वासमा समस्या आएपछि ढुङगानाको निधन भएको कास्की प्रहरीले जनाएको छ ।

उहाँलाई बुधबार बिहान अम्दाजी सवा ७ बजेको समयमा श्वास प्रश्वासमा समस्या आएपछि उपचारका लागि विहान ९ बजेतिर एयर डाइनेष्टिको हेलिकोप्टर मार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएकोमा करिव १० बजेतिर उपचारमा संलग्न चिकित्सकले मृत घोषणा गरेका हुन् ।

https://ujyaalonepalnews.com/archives/32784

Previous articleप्रधानाध्यापक हत्यामा सार्पसुटरको प्रयोग, पक्राउ परेका पाँच जना सार्वजनिक
Next articleमकवानपुरमा पहिलोपटक गैरआवासीयलाई नागरिकता प्रदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।