मकवानपुरमा पहिलोपटक गैरआवासीयलाई नागरिकता प्रदान

मकवानपुर- मकवानपुर जिल्लाबाट पहिलो पटक गैरआवासीय नेपालीले नागरिकता लिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– ११ की संजीता विडारीले बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट गैरआवासीय नागरिकता लिनुभएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेढाईँले संजीता विडारीलाई नागरिकता प्रमाणपत्र प्रदान गर्दै जिल्लामा पहिलोपटक गैरआवासीय नेपालीको लागी नागरिकता वितरण कार्य सुरुवात गर्नुभएको हो ।

नागरिकता प्राप्त गर्नुअघि विडारीले संविधानप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक गैरआवासीय नेपालीको रुपमा कर्तव्य पालना गर्ने भन्दै इश्वर,देश र जनताका नाममा सपथ लिनुभएको थियो ।

साथै उहाँका श्रीमान् श्रीकृष्ण थापालेपनि बुधबारनै गैरआवासिय नेपाली नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । थापा दम्पति विगत १५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका छन् ।

गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्नेले राजनैतिक र मताधिकार बाहेकका सबै अधिकार प्राप्त गर्नेछन् ।

https://ujyaalonepalnews.com/archives/32785

Previous articleलेक लागेर प्रहरीको मृत्यु
Next articleस्थानीयको विरोधपछि तस्करीका सामान सिरहा प्रहरीले समात्यो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।