नेपाल टी-२० विश्वकपमा छनोट : युएई ८ विकेटले पराजित

काठमाडौँ– नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ ।

आज काठमाडौंको मुललपानी मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ हुने टी–२० विश्वकपमा छनोट भएको हो ।

यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको थियो ।

आजको खेलमा युएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका आशिफ शेखले सर्वाधिक ६३ रन बनाए । त्यस्तै गुल्सन झाले २२, कुशल भुर्तेलले ११ रन जोडे ।।

https://ujyaalonepalnews.com/archives/32853

Previous articleदुई पाइलटको लाइसेन्स निलम्बन
Next articleसप्तकोशीमा पानी जहाज दुर्घटना, २ जना घाइते, १३ को उद्धार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।