भुकम्पको धक्काले जुम्लाका घरहरुमा पनि क्षति

जुम्ला- गएराती जाजरकोट आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले तातोपानी गाउँपालिका वडा नं ४ निवासी हरि बहादुर खत्रीको घरमा क्षति भएको छ ।

सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानविय क्षति हुनबाट बचेको खत्रीले बताउनुभयो । पर्खाल भत्किनुका साथै केहिभाग चर्किएको छ ।

भौतिक क्षति भएपनि मानवीय क्षति नभएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताउनु भयो ।

यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको बताउनु भयो । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।

https://ujyaalonepalnews.com/archives/32893

Previous articleआज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
Next articleभूकम्प अपडेट: जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।