तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेलिंदै

काठमाडौं- तिहार पर्वको महत्वपूर्ण संस्कृति देउसी भैलो खेल्न पनि सुरु हुँदैछ । आज साँझ युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्छन् ।

भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो ।

भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको मानिन्छ । आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ ।

भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

https://ujyaalonepalnews.com/archives/33112

Previous articleझिलिमिलीको पर्व तिहार
Next articleपूर्वी नवलपरासीमा जीप दुर्घटना: ६ जनाको मृत्यु, एकजना घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।