लुम्बिनी प्रदेशका चार जिल्लामा सोमबार पनि सार्वजनिक विदा

काठमाडौं लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका चार जिल्लामा सार्वजनिक विदा दिएको छ ।

प्रदेश गृहमन्त्रालयले विदा सम्वन्धि सूचना निकालेर छठ पर्वको समापनको अवसरमा प्रदेशका चार जिल्लाहरुमा सार्वजनिक विदा दिने जानकारी गराएको हो ।

मंसिर ४ गते सोमबार छठ पर्वको समापनको अवसरमा लुम्बिनी प्रदेशको नवलपरासी,रुपन्देही कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेशको गृहमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

छठको पर्वको अवसरमा भोलि देशैभर सार्वजनिक विदा दिइएको छ ।

 

 

https://ujyaalonepalnews.com/archives/33212

Previous articleगैँडा मारेको घटना छानविन गर्न समिति गठन
Next articleछठपर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना सन्देश
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।