जन्ती जाँदै गरको ट्याक्टर बाख्रा बचाउन खोज्दा दुर्घटना, २ जनाको मृत्यु, ५ घाइते

सिरहामा डिजे बाजा बोकेको ट्याक्टर बाख्रा बचाउने क्रममा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। यस्तै ५ जना घाइते भएका छन्।

शनिबार दिउँसो डिजेबाजा बोकेर जन्ती जाँदै गरेको १ त ६५६० नम्बरको ट्याक्टर पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबार नगरपालिका ७ मा पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा लहान नगरपालिका १३ बस्ने २२ वर्षका सन्तोष यादव र धनगढीमाई नगरपालिका १२ बस्ने २० वर्षका वर्षीय श्रीप्रशाद माण्डल छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाको अनुसार धनगढीमाई नगरपालिकाबाट डिजेबाजा बोकी कर्जन्हा नगरपालिकातर्फ तीब्र गतिमा जाँदै गरेको ट्याक्टर बाटो काटिरहेको बाख्रालाई जोगाउने क्रममा ट्रेलर पल्टेर दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका ५ जनाको स्थानीय स्तरमा उपचार भइरहेको र उनीहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बाट भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

Previous articleअन्नपूर्ण क्षेत्रमा हराएका ७ को अवस्था अझै अज्ञात, १२० जनाको हेलिकोप्टरबाट उद्धार
Next articleमधेश आन्दोलनका सहिदको सम्झनामा भोली बलिदानी दिवस, प्रदेश २ मा सार्वजनिक विदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।