यूएईमा बाढीमा परी चितवनका एक युवाको मृत्यु

Cars Are Stuck On A Flooded Road After A Rainstorm Hit Dubai, In Dubai, United Arab Emirates, April 17, 2024. (Photo: Reuters/Rula Rouhana)
Click Image

चितवन । युनाइटेड अरब इमिरेट्स (यूएई)मा आएको बाढीमा परेर चितवनका एक श्रमिकको मृत्यु भएको छ ।

आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुर महानगरपालिकाका मोहन पुनको बाढीमा परेर मृत्यु भएको हो ।

सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी दिन नसकिएको दूतावासको भनाइ छ । मृतक पुन भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

यूएईको शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ ।

उनी सोही स्थानमा रहेको बेल क्याफे रेष्टुरेन्टमा काम गर्दथे । यूएईमा तीन दिनदेखि निरन्तर पानी परेर बाढी आइरहेको छ ।

Previous articleट्रक र म्याजिक ठोक्किँदा चितवनमा १७ जना घाइते
Next articleबाटोमा भेटिएको १७ लाख धनीलाई बुझाइयो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।