Home Uncategorized कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै

कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै

काठमाडौं । नेपाली कांग्रेसको नयाँ विधानअनुसार पार्टी अन्तरिम संरचना ३० जिल्लामा मात्रै बनेको छ । तीनपटक म्याद तोक्दा पनि पार्टीको संरचनाको समायोजन गर्न सकस परेको कांग्रेसले पुनः १५ फागुनसम्मको समय तोकेर अन्तरिम संरचना समायोजन गर्न जिल्ला समितिहरूलाई निर्देशन दिएको छ ।

तर, पछिल्लो पटकको म्याद सकिन एक साता मात्र बाँकी रहँदा ३० जिल्लामा मात्रै संरचना बनेको हो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी पदाधिकारीसहित बसेको केन्द्रीय निर्वाचन समितिको बैठकमा महामन्त्री पूर्णबहादुर खड्का र समिति संयोजन राधेश्याम अधिकारीले ३० जिल्लामा समायोजनको सम्पूर्ण प्रक्रिया सम्पन्न भएको जानकारी गराएका हुन् ।

उनीहरूले बाँकी जिल्लामा पनि समायोजनको काम तीव्र रूपमा अगाडि बढेको बैठकमा जानकारी गराएका छन् । बैठकमा पार्टी संरचनाहरूको समायोजन प्रक्रियाको प्रगतिका विषयमा छलफल भएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

The post कांग्रेसको अन्तरिम संरचना ३० जिल्लामा मात्रै appeared first on Rajdhani Daily News.

विद्यालय अहिले बन्द नगर्ने सरकारको योजना, जोखिम देखिए तत्काल निर्णय

Previous article‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा चितवनमा फेला
Next articleआज काठमाडौं उपत्यकाका यी १० रुटमा गाडी चलाउन नपाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।