पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि विद्युत अवरुद्ध हुने

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो यँहा क्लिक गरेर भिडियो हेर्नुहोस् ।

उज्यालो नेपाल- पुर्वीचितवनको विभिन्न क्षेत्रमा भोलि साउन २४ गते विहिबार विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण शाखाका अनुसार सो वितरण केन्द्र अन्तर्गत ३३/११ .भी. पर्सा सवस्टेसनमा ३३ के.भी. ईन्कमिङ्ग बे मा लाईन कनेक्सन गर्ने तथा ३३ के.भी. बस वार बाट १६ एम.भी.ए. ट्रान्सफर्मर बस बार साईडको डिस्कनेक्टिङ्ग स्वीचमा कनेक्सन गर्ने कार्य गर्नुपर्ने भएकोले विहिवार बिहान ५:०० बजे देखि बिहान ७:०० बजे सम्म विद्युत अवरुद्ध हुने भएको हो ।

सो समयमा टाँडी फिडर, सौराहा फिडर, चैनपुर-१ फिडर र चैनपुर-२ फिडरहरुमा बिद्युत सेवा अबरुद्ध रहने छ ।

यसबाट रत्ननगर नगरपालिका अन्तर्गतका वडा नं १, २, ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र कालिका नगरपालिका अन्तर्गत पदमपुर, लंकालाईन लगायत आसपासका क्षेत्रहरु, त्यस्तै चैनपुर, शिवालय चोक, दोबाटो, पिठुवा, पदमपुर, ध्रुबचोक हुँदै सिमलढाप, हात्तीगाडे हुंदै शक्तीखोर लगायत आसपासका क्षेत्रहरुमा विद्युत अवरुद्ध हुनेछ ।

हेर्नुहोस् सुचना 

Previous articleनुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँचजनाको ज्यान गयो ( भिडियो)
Next articleएक्सपर्टको २१औं वार्षिकोत्सवः देवघाट आश्रमका वृद्धवृद्धालाई भोजन, फलफूल र लत्ताकपडा वितरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।