आमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा ५० वर्षीय जयलाल भण्डारी र उनकी पत्नी २२ वर्षीय धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएपछि ७ महिने छोरीको बिचल्ली भएको छ ।

भण्डारी दम्पत्तीको विभत्स हत्या भएपछि दूधे छोरी टुहुरी भएकी हुन् । उनी बिहीबार रातीदेखि नै बिरामी भएकी छिन् । छोरीलाई मामाको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकुन्द मरासिनीले बताए । अवस्था बिग्रिँदै गएको छ । मामा घरमा राखिएका नाबालिकाको महेन्द्रनगरको मालिकार्जुन निजी अस्पतालमा उपचार भईरहेको छ ।

समान्य दूध खाएपनि बालिकाका अन्य केही खाना नखाएको आफन्तले बताए । स्थानीय अस्पतालमा लगेपछि निको नभएका कारण शुक्रबार बिहान महेन्द्रनगर अस्पतालमा ल्याएको उनले बताए । आफन्तले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

मृतका आफन्त प्रतिक रावलले आफ्नो बहिनी–ज्वाईको हत्यारा यथाशिघ्र पत्तालगाइ घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै आफ्नो भान्जीको जिवन रक्षाको,भरपोषण र सुरक्षाको माग गरे । यस्तै महिला अधिकारकर्मी माया नेगीले दुधे नाबालिकाको विचल्ली पारेर गरिएको यो घटना कहालिलाग्दो भएको बताउदै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘आमाबाबु दुवै नभएको अवस्थामा यस्ता टुहुरा बालबालिकाको राज्यले सम्पूर्ण भरणपोषण गर्नुपर्छ, ‘उनले भने, ‘बालिकाको राज्यले व्यवस्थापन गर्नुपर्छ ।’

घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका एसपी मरासिनीले बताए । बताए । मरासिनीले भने, छोरीलाई मामाको जिम्मा लगाइएको छ । घटनास्थलबाट प्रमाण संकलन लगायतका काम भएका छन् । हत्यारासम्म छिट्टै पुग्छौं भन्ने लागेको छ । शवको पोष्टमार्टम गर्ने तयारी पनि छ ।’

हत्याको कारण भने त्यसै भन्न नसकिने भए पनि केही शंकित व्याक्तिहरुको सूची भने तयार पारिएको बताए । घटना स्थलमा रातभरी प्रहरी राखेर कुकुर समेत प्रयोग गरेको प्रहरीले घटना बारे थप प्रमाण संकलन गरिरहेको छ । भण्डारीले जेठी श्रीमतीको क्यान्सरबाट मृत्यु भएपछि साढे २ वर्षअघि धनादेवीसँग दोस्रो विवाह गरेका थिए । बिहीबार दिउँसो भण्डारी दम्पतीको शव घरभित्रै विभत्स हत्या गरेको अवस्थामा भेटिएको थियो ।

The post आमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली appeared first on Rajdhani Daily News.

कोरोना त्रासकै बीच १२० दिन लामो लकडाउन हट्यो, तर केही प्रतिबन्ध कायमै

Previous articleमोडल खुस्बु ओलीलाई दुई वर्ष कैद
Next articleछोरीले गरिन् आमाको दाहसंस्कार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।