भेटियो अन्नपूर्णको हिउँपहिरोमा हराएका परियारको शव

अन्नपूर्ण हिउँपहिरोमा पुरिएका पदयात्रा मार्गमा वेपत्ता भएका पदयात्रा गाइड ‘सरोज परियार शव भेटिएको छ। गएको माघ ३ गते आएको हिउँपहिरोमा पुरिएका उनको शव कास्कीको अन्नपूर्ण गाउँपालिकाको देउराली नजिकै फेला परेको हो।

नेपाल ट्रेकिङ एजेन्सिस् एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरमा अध्यक्ष हरि भुजेलका अनुसार वेपत्ताको खोजिमा जुटेको उद्धार टोलिले शुक्रबार शव भेटेको हो। उनी पोखराको कोनिको टे«कमार्फत सो पदयात्रामा निस्केका थिए।

भाइ सरोज हराएपछि उनका दाजु सन्दीपसहितको टोलिले पटकपटक खोजतलासको काम गरिरहेको थियो। तर, पटकपटक हिमपात भएपछि उनीहरुको खोजतलासमा समस्या भएको थियो।

अन्नपूर्ण आधार शिविर जाने क्रममा बाक्लो हिमपात भएपछि चिनियाँ पर्यटक लिएर गएका सरोज झिंकुकेभतिर फर्केका थिए। फर्कने क्रममा नै उनी हिउँपहिरोमा पुरिएका थिए।

हिउँ पहिरोमा परेका ४ कोरियाली र २ नेपाली पथप्रदर्शक अझै बेपत्ता छन्। अन्नपूर्ण क्षेत्रमा हराएकामध्ये सरोजको शब भेटिएको कास्की प्रहरीका प्रवक्ता डिएसपी राजकुमार केसीले पुष्टी गरे।

तालमा डुबेका १५ वर्षीय बालकलाई बचाउन गएका दूई युवाले आफ्नै ज्यान गुमाए

Previous articleकोरोना प्रभावित कोरियामा के–के हुँदैछ ?
Next articleराष्ट्रियसभामा मनोनयन गर्ने विषय पार्टीको होइन् : डा. भट्टराई
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।