दुर्घटनामा एकको मृत्यु, १५ घाइते

लहान । पुर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको छट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँचौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५७९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा कर्जन्हा नगरपालिका–६ बडरा निवासी साइकलयात्री २० वर्षीय पुजन सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका सदाको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित गागन खोला नजिक सडकमा आज बेलुका माइक्रोबस दुर्घटना हुदाँ १५ जना यात्रु घाइते भएका छन् ।

त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ६४५८ नम्बरको माइक्रोबसको पछाडिको पाङ्ग्रा खुस्किएर अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये धनुषाको महेन्द्रनगर निवासी ६५ वर्षीया रामरतीदेवी महरा, ठेगाना खुल्न नसकेको ५५ वर्षीय गोपाल दास, धनुषाको मेगाडाबर निवासी ६६ वर्षीय जगदीश महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइतेको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

The post दुर्घटनामा एकको मृत्यु, १५ घाइते appeared first on Rajdhani Daily News.

आफु विदेश हुँदा श्रीमती अर्कैले उडाएपछी आफ्नो श्रीमती भगाउनेको श्रीमती लिएर फरार

Previous article५५अरबका लागि राष्ट्रघाती सम्झौता हुदैन : दाहाल
Next articleवडा कार्यालयकै मिलेमतोमा भारतीय नागरिकद्वारा सार्वजनिक जग्गा कब्जा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।