कोरोनाका शंकास्पद पाँच बिरामी टेकु अस्पतालमा भर्ना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्र टेकुमा कोरोनाभाइरसको संक्रमणसँग मिल्दाजुल्दा लक्षणका पाँच बिरामी भर्ना भएका छन्।

अहिलेसम्म कोरोना संक्रमणको आशंकामा पाँच व्यक्ति भर्ना भएका अस्पताल स्रोतले जनाएको छ।

उनीहरु सबै चीन र दक्षिण कोरियाबाट फर्किएका व्यक्ति हुन्। उनीहरूमा ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएको केन्द्रका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।

उनीहरु शंकास्पद बिरामीको मापदण्डमा परेकाले निगरानीमा राखिएको पाण्डेको भनाई छ। कोरोना भाइरसको संक्रमण भएका देशबाट फर्किएका र कडा रुघा र ज्वरोको लक्षण देखिएका बिरामीलाई निगरानीमा राखिएको उनले बताए।

एक महिनाअघि नेपालमा एक व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो। तर त्यसपछि अरू कसैमा पनि संक्रमणको पुष्टी भएको छैन।

कोरोनाभाइरसका कारण चीनसहित ११ देशमा मृत्यु हुने मानिसको संख्या तीन हजार नाघिसकेको छ। झण्डै ९० हजार संक्रमित उपचारको क्रममा छन्।

MCC मु’र्दावाद भनेपछि प्रचण्डका नौ-नारी ग’ले; मुन्टो तल गरेर हता’र भयो भन्दै हिडे (भिडियो)

Previous articleचीनमा कोरोना संक्रमण दर स्वाट्टै घट्यो, डब्ल्यूएचओको टोली इरान मोडियो
Next articleकोरोनाविरुद्ध कोरियाले थाल्यो युद्ध, छुट्यायो २५ अर्ब डलर बजेट
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।