लाङटाङमा बेपत्ता विद्यार्थीको खोजी जारी

लाङटाङ राष्ट्रिय निकुञ्जमा चार दिनदेखि बेपत्ता दुई विद्यार्थीको खोजीका लागि हेलिकप्टरबाट उद्धारकर्ता पु-याइएको छ। विद्यार्थी बेपत्ता भएका भनिएको निकुञ्जमा पर्ने नुवाकोटको घोप्टेफेदीमा हेलिकप्टरबाट उद्धारकर्ता पु-याइएको हो।

हेली एभरेष्टको हेलिकप्टरबाट आज मध्याह्नतिर चार उद्धारकर्ता पु¥याएर आफू राजधानी फर्किएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको भनाइ छ। वडा नं १ हेलम्बु सिन्धुपाल्चोकका १७ वर्षीय वाङगेल शेर्पा र गोकर्णेश्वर नगरपालिका–७ काठमाडौँका जापान लामा नुवाकोटको घ्याङ्फेदी आसपासबाट शुक्रबारदेखि बेपत्ता छन्। दुवै राजधानीको बौद्धस्थित कुमारी बोर्डिङ स्कुलका विद्यार्थी हुन्। गोसाईंकुण्ड घुमेर उनीहरु हेलम्बु फर्कँदै गर्दा बेपत्ता भएका जानकारी प्राप्त भएको शेर्पाले बताए।

गोसाईंकुण्ड घुम्न जाने योजना बनाएर उनीहरु गत पुस २९ गते हेलम्बु पुगेका थिए। हेलम्बु वाङ्गेलको गाउँ हो। बुधबार गोसाईंकुण्ड गएका उनीहरु फर्केर घ्याङ्फेदीस्थित फेदी लजमा बास बसेका थिए। वाङगेलले शुक्रबार बिहान ७ः०० बजेतिर हेलम्बुस्थित घरमा फोन गरेर बाक्लो हिमपात भइरहेको बताएका थिए। सोही दिन बिहान ९ः०० बजेतिर उनीहरु घोप्टेफेदीबाट दक्षिणमा पर्ने तालु गाउँतिर हिँडेका थिए। त्यसपछि उनीहरु सम्पर्कविहीन छन्।

तत्काल हेलिकप्टर लिएर ठाडेपाटी पुगेका शेर्पाले त्यहाँबाट उद्धारकर्तालाई घोप्टेफेदी पुर्‍याएको बताए। घोप्टेफेदीबाट १० जनाको समूह पनि खोजीका लागि हराएका भनिएको स्थलतिर गएका अध्यक्ष शेर्पाले जानकारी दिए। उनका अनुसार केही दिनलाई पुग्ने रासनपानी बोकेर उद्धारकर्ता खोजीमा जुटेका छन्। रासस

भरतपुर महानगरपालिका : योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन

Previous articleचरेससहित वडा सदस्य पक्राउ
Next articleमैत्रीपुर्ण खेलमा क्यान ११ एक सय ३५ रनले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।