यी हुन् ओलीको मिर्गौला प्रत्यारोपण गर्ने डाक्टर

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

प्रत्यारोपणपछि विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको जनाएका छन्।

‘हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिर अवस्थामा छ। उहाँको सबै सूचकांकहरु राम्रो अवस्थामा छन्। प्रत्यारोपित मिर्गौलाले काम गर्न सुरु गरिसकेको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीको शल्यक्रिया गर्ने टोलीमा डा. उत्तमकुमार शर्मा, डा. प्रेम ज्ञवाली, डा. अनन्तकुमार रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, प्रत्यारोपण चिकित्सा टोलीमा डा. दिव्यासिंह शाह, डा. महेश सिग्देल, डा. मुकुन्द काफ्ले र डा. रविन नेपाली संलग्न थिए।

मलेशियामा नेपाली कामदार बोकेको गाडी दुर्घटना; एक नेपालीको ज्यान गयो तिन गम्भीर घाईते

Previous articleशिक्षण अस्पतालले भन्योः ठूलो उपलब्धि हात लाग्यो
Next articleअधुरै रह्यो एसिया कप छनौट खेल खेल्ने नेपालको सपना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।