लोकतन्त्र,भ्रष्टाचार र कम्युनिस्ट आन्दोलन

 


प्रेमलकुमार खनाल

समकालीन बामआन्दोलनले जनताको अभिमतबाट विश्वास जितेर राज्यसत्ताको नेतृत्व गर्दै सरकारमार्फत आमुल सुधार र परिवर्तन गरेर समाजवाद स्थापना गर्ने कार्यनीतिलाई आत्मसात गरेको छ । यसअन्तर्गत पहिलो, प्रगतिशील एवं जनहितका नीति तथा कार्यक्रम सरकारमार्फत लागू
गरेर, जनसेवा गरेर, पहलकदमी गरेर, जनताको विश्वास जितेर प्रतिस्पर्धात्मक निर्वाचनमा विजयी हासिल गरी श्रेष्ठता हासिल गर्ने गरिन्छ ।

दोस्रो राष्ट्र र जनताले भोगी रहेका समस्या समाधान गर्न जनतालाई नै परिचालन गरेर वैधानिक एवं शान्तिपूर्ण जनदबाब सिर्जना गरी श्रमजीवीवर्गलाई आफ्नो नीति विचारप्रति आकर्षित गरी विराट शक्ति निर्माण गर्ने र यसबाहेक तेस्रा,े हिंसात्मक आन्दोलन अर्थात् बन्दुकको नालबाट मात्र राज्य सत्ता प्राप्त हुन्छ भन्ने शास्त्रीय माक्र्सवादी मान्यताले सुरु भएको हिंसात्मक आन्दोलन सफल हुन सकेन । नेपालमा पनि एक दशक सम्म सञ्चालन भएको सशस्त्र संघर्ष अन्ततः शान्तिपूर्ण आन्दोलनमा रुपान्तरित भएपछि मात्र सन् २००६ को अप्रिल क्रान्ति सफल भएको हो ।

वर्तमान सन्दर्भमा अब कम्युनिस्ट पार्टीका लागि माथि उल्लेखित पहिलो र दोस्रो कार्यनीतिकै बाटोबाट अगाडि बढ्नुबाहेक अर्को विकल्प छैन । बामपन्थीले विगतदेखि राष्ट्रियता, जनवाद र जनजीविकाको झन्डा, नारा र कार्यक्रमलाई बुलन्दीका साथ उठाएर बलिदानीपूर्ण संघर्ष गरेकै परिणामस्वरूप जनताले निर्वाचनमा प्रचण्ड बहुमत अर्थात् दुई तिहाइको जनमतका साथ निर्वाचित गरेर सत्तामा पु¥याएका छन् । जनताको यो विश्वास, र जनताका अपेक्ष,आवश्यकताअनुसार जनमुखी तवरले सरकार सञ्चालन गर्नु बामपन्थी सरकारका लागि अहिलेको अभिभारा बनेको छ ।

तर, सरकारमा गएपछि सुख, सयल, सुविधाप्रति आशक्ति बढ्दै जान थाल्दा वा सरकारको कार्यकालमा अनियमित कार्य बढ्न थाल्यो भने सरकारप्रति जनताको विश्वास रहँदैन । यस्तो स्थितिमा बहुमत हासिल गरेको पार्टीको अर्को निर्वाचनमा परिणाम आकस्मिक ढंगले फेरबदल हुन्छ । जनतामा छनोटको अधिकार रहेकाले, एकपटक बहुमतमा पुगेको पार्टी वा धेरैपटक बहुमत हासिल गरेको पार्टीले पनि जनविश्वास गुमायो भने जनताले सत्ताबाट फालिदिन्छन् भन्ने कुरा त भारत लगायतपूर्वी युरोपका देशमा कम्युनिस्ट पार्टीको पराजय वा प्रतिक्रान्तिका घटनाले पुष्टि गरिदिएको छ । नेपालका वामपन्थीले शान्तिपूर्ण आन्दोलनका माध्यमबाट सामन्तवादको उच्छेद गरेर पुँजीवादी जनवादीक्रान्ति सम्पन्न गर्न गरेको पहलकदमी र संयुक्त नेतृत्व र निर्वाचनका माध्यमबाट विजयी भएर सरकारको नेतृत्व गरेको विषय विश्वमै आश्चर्य र आकर्षणको विषय बनेको छ ।

वामपन्थीले हासिल गरेको यो लोकप्रियता अनुरूप सरकारमा गएर जनताको मन छुने गरी काम गर्नु नै अहिलेको आवश्यकता बनेको छ । तर, सरकारमा गएका मन्त्री नै कमिसनको लेनदेनमा मुछिएको विषय सार्वजनिक भएपछि मन्त्री पदबाट राजीनामा दिनुपर्ने जुन स्थिति उत्पन्न भएको छ । यसले वाम आन्दोलनको लोकप्रियतालाई धुमिल बनाएको छ । यस बारेमा कम्युनिस्ट पार्टीले स्पष्ट छानबिन गरेर सरकारमा संलग्न कसैले पनि कुनै पनि अनियमितता हुन नदिने गरी काम गर्न जरुरी छ । चीनकोे कम्युनिस्ट पार्टी यतिखेर भ्रष्टाचारका विरुद्ध निर्मम ढंगले अगाडि बढिरहेको छ । लोकतन्त्रलाई बलियो बनाउन, कम्युनिस्ट पार्टीको नेतृत्वमा समाजवादको भविष्यलाई सुनिश्चित गर्न र कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउन राज्य सञ्चालनका क्रममा भइरहेका अनिमियतता र भ्रष्टाचारका बारेमा निगरानी राखेर कम्युनिस्ट पार्टीले जनताको विश्वास कायम राख्दै यसको अभिवृद्धि गर्न हरहमेसा ध्यान दिन जरुरी छ । यसका लागि पार्टीभित्र शक्तिशाली अधिकार सम्पन्न संयन्त्रको आवश्यकता पर्दछ ।

 

केन्द्रीयताको सन्तुलित अभ्यास हुन सकेन भने कम्युनिस्ट पार्टीलाई खत्तम गर्न पु“जीवादी र साम्राज्यवादीको बम, बारुद, गोली र बन्दुकले होइन, पार्टीभित्र आफ्नै कार्यशैलीबाट कम्युनिस्ट पार्टी समाप्त हुने निश्चित छ

लोकतन्त्र र कम्युनिस्ट पार्टीबीचको अन्योन्याश्रित सम्बन्ध रहेको छ । काल्र्स माक्र्सले नै सबभन्दा बढी नागरिक अधिकार, नागरिक आर्थिक स्वतन्त्रता र लोकतन्त्रका बारेमा जोड दिएका थिए । समाजवादमा जान नागरिक अधिकार र र्आिर्थक स्वतन्त्रताको सुनिश्चितता हुन जरुरी छ, सँगसँगै लोकतन्त्रलाई आत्मसात् गर्न जरुरी हुन्छ । कम्युनिस्ट पार्टीभित्र जनवादी केन्दी्रयताको अभ्यासलाई आत्मसात गर्ने गरिएको छ । तर, सबै निर्णयमाथि गर्ने, मातहत कमिटीको राय, परामर्श, सिफारिसलाई बेवास्ता गर्ने वा सल्लाह सुझाव नै नलिई निर्णय गनर्,े तलका कमिटीले चाँहि माथि गरिएको निणर््ाय मात्र लागू गर्ने, देशको योजना तर्जुमा र सरकारले लागू गर्नु पर्ने नीति कार्यक्रमका बारेमा पार्टीभित्र माथिदेखि तलसम्म छलफल नहुने परिपाटी हुर्कंदै जान्छ, यसले बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीमा कुनै भिन्नता हुँदैन, जब जनताले यो भिन्नता देख्न छोड्छन् ।

तब बुर्जुवा पार्टीले कम्युनिस्ट पार्टीको स्थान लिन थाल्दछ । यस्तै जनवाद र केन्द्रीयताको सन्तुलित अभ्यास हुन सकेन भने कम्युनिस्ट पार्टीलाई खत्तम गर्न पुँजीवादी र साम्राज्यवादीको बम, बारुद, गोली, बन्दुकले होइन, पार्टीभित्र कै आफ्नै कार्यशैलीबाट कम्युनिस्ट पार्टी समाप्त हुने निश्चित छ । तसर्थ, पार्टीभित्र लोकतान्त्रिक मूल्यमान्यतालाई सुनिश्चित हुने गरी संरचनाको निर्माण गर्नुपर्छ । समाजवादको ध्येय लक्ष्य लिएको पार्टीले लोकतन्त्रलाई पार्टीभित्र र राज्यमा पनि सहभागीतामुलक समाजवादी लोकतन्त्रका रूपमा स्थापित गर्न विशेष ध्यान दिनुपर्छ । समाजवादी लोकतन्त्रले पार्टीभित्र र बाहिर पनि हरेक व्यक्ति र समूहको स्वतन्त्रता, सिर्जनात्मक सोच र विचारको प्र्रस्फुटित हुने वा गर्ने वातावरणको ग्यारेन्टी गर्दछ । र यस्तो वातावरणले मात्र श्रमजीवीवर्गको राजनीतिमा सक्रियता बढेर जान्छ र समाजवादको आधार निर्माणको सुनिश्चतता हुन्छ ।

लोकतन्त्र भनेको जनताको विश्वास हो । जनताले विश्वास गरेका आधारमा राज्य सत्तामा पुग्ने परिपाटीलाई जब कम्युनिस्ट पार्टीले अंगिकार गरे पछि नीति र व्यवहारमा वा भनाइ र गराइमा पनि एक रूपता हुन आवश्यक हुन्छ । निर्वाचनमा जनताबाट पराजितभए पछि, पराजित व्यक्तिलाई अझ बढी जनसेवा र लोकप्रिय ढंगले काम गर्न पार्टीले प्रेरित र निर्देशित गर्नुपर्छ । तर, एउटा निर्वाचनबाट अर्को निर्वाचनमा नपुग्दै पराजित भएका व्यक्तिलाई पुनः जनप्रतिनिधिका रूपमा खडा गरी प्रतिनिधित्व गराउने परिपाटी स्थापित हुँदै गएमा यसले पनि लोकतान्त्रिक मूल्यमान्यता सही ढंगले स्थापित हुँदैन ।

यस्ता विषयलाई पनि जनताले नजिकैबाट नियाली रहेका हुन्छन् । र यसले पार्टीको लोकतान्त्रिक छविमा प्रश्न खडा गर्दछ । लोकतन्त्रमा जनताबाट चुनिएका सक्षम व्यक्तिले राज्य सञ्चालन गर्ने अभ्यास गर्नपर्छ । तसर्थ, पार्टीले जनसमक्ष खडा गर्ने उम्मेदवार पनि सक्षम र योग्य नै खडा गर्नुपर्छ । यसका लागि पार्टीभित्र नै कार्य सम्पादनमा उत्कृष्ट भएका व्यक्तिको नेतृत्वको छनोट गर्ने विधि पद्धतिको विकास गर्नुपर्छ । राज्य सञ्चालनमा नियुक्त गरिने व्यक्ति पनि संस्थागत तवरले सक्षम र योग्य व्यक्ति छनोट गर्ने व्यवस्था गर्नुपर्छ । अनि मात्र लोकतन्त्रमा सक्षम र योग्य व्यक्तिले शासन सञ्चालन गर्ने आधार तयार हुन्छ र लोकतन्त्र फस्टाएर जान्छ ।

निर्वाचनमा सस्तो लोकप्रियताका लागि विकासका आस्वादन बाँडेर र पैसा खर्च गरेर भोट लिने पुँजीवादीले प्रयोग गर्ने गरेको हतियार हो । अब कम्युनिस्टले जनताको विश्वास जित्ने हतियार कुन हो ? भनेर यकिन गर्नुपर्ने बेला आएको छ । जनताका बीचमा समाजवादको विचारधारा तथा चेतना फैलाउँदै, इमानदार र निष्ठापूर्वक त्याग र समर्पण भावनाका साथ जनसेवा गरेर विश्वास जित्ने बाहेक अर्को हतियार कम्युनिस्टसँग छैन । तर, विचार, निष्ठा, त्याग, समर्पणको राजनीतिभन्दा पनि जसरी पनि चुनाव जित्ने, चुनाव जित्न आÏनो निर्वाचन क्षेत्रमा अन्धाधुन्ध ढंगले विकासका आयोजना सञ्चालन गर्न बजेट केन्द्रित गर्ने, अर्कोपटक पनि निर्वाचन जित्न, बाटो, झोलुंगे पुल, खानेपानी आदि विकास गरिदिने भनेर, सांसद विकास कोषमार्फत पठाइ दिने खालको विकासको शैलीले कम्युनिस्ट पार्टीले कति दिगो ढंगले विश्वास हासिल गर्न सक्छ ? विचारणीय विषय बन्न पुगेको छ ।

सांसद विकास कोष (हालनाम परिवर्तन) निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत भएको खर्चले उत्पादन, रोजगारी वृद्धि हुन सक्यो सकेन ? भनेर पार्टीभित्र गम्भीर ढंगले, सूक्ष्म तबरले समीक्षा हुन सकेको छैन । विगतदेखि निरन्तरता पाएको यस किसिमको विकास आयोजनाले आम रूपमा जनताको विश्वास जित्न सफल भयो भएन ? यस किसिमको विकास आयोजना कार्यक्रमले संघीयताको मर्म र भावनालाई आत्मसात् गर्न सकेको छ छैन ? र यसरी यस्ता कार्यक्रममार्फत खर्च भएको विकासका कार्यक्रमको दिगोपन र गुणस्तरीयता कायम भएको छ छैन ? भनेर वस्तुनिष्ठ समीक्षा नगर्ने हो भने यसले कम्युनिस्ट पार्टीकै लागि भविष्यमा थप चुनौती खडा गर्ने देखिएको छ ।

वर्तमान निर्वाचन प्रणालीमा पैसा खर्च गरेर मात्र चुनाव जित्ने र जनप्रतिनिधिले विकास लगेर मात्र चुनाव जित्ने भन्ने जुनअभ्यास छ । श्रमजीवीवर्गका तर्फबाट जबसम्म राज्यसत्ताको नेतृत्वमा निर्वाचित भएर पुग्न सक्दैनन् । तबसम्म समाजवाद निर्माणका लागि भूमिका पनि निर्वाह हुन सक्तैन । श्रमजीवीवर्गसँग चुनाव जित्ने पैसा पनि हुँदैन, जितिहाले पनि अर्को चुनावमा पैसावाला पुँजीवादी पार्टीले पराजित गर्ने निश्चित हुन्छ । तसर्थ, वर्तमान निर्वाचन प्रणलीमा तत्काल सुधार गर्न जरुरी छ ।

 

The post लोकतन्त्र,भ्रष्टाचार र कम्युनिस्ट आन्दोलन appeared first on Rajdhani Daily News.

साउदीदेखि दुबईसम्म ट्रेलर कुदाउदै अर्घाखाँचीका अमृत

Previous articleमहिला जागरण र जटिल समस्या
Next articleपशुपति नाथ भगवानको दर्शन गरि आजको राशिफल पढ्नुहोस।
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।