क्वारेन्टाइनमा बसेको साथीलाई र’क्सी पुर्याउन जाने एकजना चितवनमा प’क्राउ

क्वारेन्टाइनमा बसेको साथीलाई र’क्सी पुर्याउन जाने एकजना चितवनमा प’क्राउ

देशभर कोरोना भाइरसको संक्रमित बढिरहेका छन् । बाहिरी जिल्ला तथा विदेशबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था हुदैँ आएको छ । देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाइनमा सामान्य आधारभूत सेवा सुविधा समेत नरहेको , राम्रो खाने बस्ने व्यवस्था नभएको गु’नासो आइरहेको बेला चितवनमा भने क्वारेन्टाइनमा रहेकोलाई र’क्सी नै दिने प्रयास भएको छ ।

क्वारेन्टाइनमा रहेका साथीले र’क्सी मगाएपछि पुर्याउन गएका एकजनालाई प्रहरीले प’क्राउ गरेको छ । चितवनको राप्ती नगरपालिकाको बुद्ध शान्ति मा वि मा रहेको क्वारेन्टाइनमा रहेका साथीलाई र’क्सी पुर्याउन गएका राप्ती नगरपालिका वडा नम्बर ३ निवासी २५ बर्षिय कुमार थपलियालाई प्रहरीले प’क्राउ गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले जानकारी दिए ।

 

उनलाई बुधबार बेलुका करिब ८ बजेतिर प’क्राउ गरिएको प्रहरीले जनाएको छ । जेठ ३ गते सिरहाबाट चितवन आएका एकजना साथी क्वारेनटाइनमा बसेको र उनले र’क्सी ल्याइदिन आग्रह गरेपछि थपलिया र’क्सी लिएर गएका थिए । उनीमाथी थप अ’नुसन्धान भइरहेको छ । बिकास पौडेल/ समाबेसी खबर 

कतारमा कोरोनाबाट एक नेपालीको मृ’त्यु

दोहा : कतारमा कोरोना सङ्क्रमित एक नेपालीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा धनुषाका एक युवक रहेको बताईएको छ । अन्य सङ्क्रमित नेपालीहरुको कतार सरकारले निसुल्क रुपमा उपचार गरिरहेको कतारस्थित नेपाली दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या केहि दिनदेखि ह्वातै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी कामदार रहेको जनाइए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ कुनै जानकारी छैन ।कतारमा पछिल्लो २४ घण्टामा ५,०४५ जनामा गरिएको परिक्षणमा थप १,५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको,६८८ जनालाई निको भएको र एक जनाको मृ’त्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३८६५१ पुगेको छ । अहिलेसम्म ७२८८ जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म १७ जनाको मृ’त्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन सरकारलाई निर्वाचन आयोगको आग्रह

Previous articleभारत पाकिस्तान सीमामा खटिएका गोर्खा सैनिकको गर्जन: भोलि भारतले गद्दार गरे भारत माथी जाइलागने छौ जय नेपाल
Next articleभारतियले नेपाली सरकारी वेबसाईट ह्याक गरेपछि नेपाली युवाहरुको काउन्टर अट्याक: भारतीय वेबसाइट ह्याक गरेर नेपाली राष्ट्रिय गान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।