विवाद कार्यकर्ता तहमा पुग्यो: ओली र प्रचण्ड समर्थकबीच झड’प (भिडियो)

टीकापुर : प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा झ’डप भएको छ। ओली पक्षधरले लम्कीचोकमा प्रधानमन्त्रीको बचाउमा निकालेको र्‍यालीमा झ’डप भएको हो। कोणसभा चलिरहेका बेलामा प्रचण्ड पक्षधरले आक्र’मणको प्रयास गरेका थिए। झड’पपछि केहीबेर लम्की क्षेत्र त’नावग्रस्त भएको थियो। सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा केपी शर्मा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाले प्रर्दशन गरेका थिए।

देशको मुहार फेर्नु छ साथी, पार्टीभन्दा राष्ट्र माथि, राष्ट्रिय स्वाभिमान कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर लगायतका नारा लेखेका प्ले कार्डसहित केपी शर्मा ओली पक्षधर युवाको सहभागिता थियो। सचेत नागरिक समाजको तर्फबाट ओली पक्ष निकट लम्कीचुहाका नेकपाका नेता नरबहादुर खड्काले केपी शर्मा ओलीको बचाउ गर्दै प्रचण्डले बकमफुसे कुरा गरेको आ’रोप लगाएपछि प्रचण्ड पक्षधरले माइक खोसेका थिए।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर चन्दले कार्यक्रममा सामान्य भनाभन मात्रै भएको बताए। ‘झ’डप होइन, कार्यक्रममा भ’नाभन मात्रै भएको हो’, चन्दले भने, ‘कोही घा’इते हुने, त्यस्तो केही भएको रिपोर्टिङ हामीलाई छैन।’ पछिल्लो समयमा नेकपाभित्र वि’वाद चुलिंदै गएपछि स्थानीय कार्यकर्ता तहमासमेत विवा’द हुन थालेको छ।

राष्ट्रपतिद्वारा संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

Previous articleसाउदी सरकारले आप्रवासी श्रमिकका लागि दियो खुशीको खबर।
Next articleयूएईको ट्रान्सगार्ड ग्रुप कम्पनीमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।