नेपाल लाइफ कि एजेन्सी म्यानेजर भुसालले गरिन् विद्यार्थीलाई ट्याकसुट वितरण

उज्यालो नेपाल- नेपाल लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर पार्वती सापकोटा भुसालले रत्ननगर नगरपालिका–१५ स्थित माधवपुर नमुनाटोलमा रहेको आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेकी छन्।

हिजो पुस १९ गते शनिबार विद्यालयमा आयोजित एक समारोह बीच विद्यार्थीहरूलाई सो ट्रयाकसुट वितरण गरिएको प्रधानाध्यापक बसन्त पौडेलले जानकारी दिए।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काको अध्यक्षता रहेको थियो भने रत्ननगर–१५ का वडाध्यक्ष आशिक तामाङको प्रमुख अतिथ्य रहेको थियो।

कार्यक्रममा वक्ताहरूले शैक्षिक संस्थामा सहयोगले विद्यार्थीहरूको मनोबल बढ्ने तथा शिक्षाप्रति सकारात्मक वातावरण सिर्जना हुने विश्वास व्यक्त गरेका थिए।

Previous articleरातभरको वार्तापछि ‘बृहत् एकता’ सम्बन्धी सहमति, बालेन अब रास्वपामा
Next articleफेकन गण्डकी प्रदेशको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।