फेकन गण्डकी प्रदेशको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न

पोखरा- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) गण्डकी प्रदेशको ७औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा रहेका थिए भने विशिष्ट अतिथिका रूपमा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुश्वार सहभागी थिए।

सभामा फेकनका पूर्व केन्द्रीय अध्यक्षहरू युवराज कटुवाल र राजु निरौला, फेकन गण्डकीका पूर्व अध्यक्ष जागृत भट्टराई, निवर्तमान अध्यक्ष सञ्जय सुवेदी, केन्द्रीय उपाध्यक्ष गगन विष्ट, केन्द्रीय सचिव राजकुमार ढकाल लगायत केन्द्रीय पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रा.डा. भानुभक्त शर्मा कँडेल, जसबहादुर गुरुङ, भोलानाथ अधिकारी, सुनिल पराजुली लगायत सल्लाहकारहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, प्रायोजक, सञ्चारकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

साधारण सभा सफल बनाउन एनएमबि बैंक, आइडिपि, ब्रिटिस काउन्सिल (अर्बिट एमबिबिएस), जेएलसिटि, अन वे कुरियर लगायत संस्थाहरूले सहकार्य गरेका थिए।

कार्यक्रम सफल बनाउन विशेष योगदान पुर्‍याउने कार्यसमिति सदस्यहरू सन्तोष ढकाल र कल्याण रेग्मी तथा सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

कार्यक्रम पश्चात् फेकन गण्डकी प्रदेशका अध्यक्ष सुजन बहादुर बस्नेतले सबैको विश्वास, साथ र सहयोगले संघलाई अझ सशक्त, मर्यादित र प्रभावकारी बनाउने ऊर्जा प्राप्त भएको बताए।

Previous articleनेपाल लाइफ कि एजेन्सी म्यानेजर भुसालले गरिन् विद्यार्थीलाई ट्याकसुट वितरण
Next articleClear Guide to Rouge Casino Deposit Minimums and Payment Processing
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।