रङ्गमा रंगिँदै नेपाल: टाटा पेन्ट्सको २२ वर्षे यात्रा, नायिका श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडर !

चितवन- रङ्ग केवल भित्तामा पोतिने तह होइन, यो सपना हो, पहिचान हो र भविष्यप्रतिको भरोसा पनि हो। यही भरोसालाई २२ वर्षदेखि निरन्तर रंगाइरहेको छ—टाटा पेन्ट्स एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि चितवनको भरतपुरबाट सुरु भएको यो स्वदेशी उद्योग आज गुणस्तर, विश्वास र दीर्घकालीन प्रतिबद्धताको प्रतीक बनेको छ।
आचार्य होल्डिङअन्तर्गत सञ्चालित टाटा पेन्ट्सले टाटा ब्रान्डअन्तर्गत ७, १० र नेपालमै पहिलो पटक १३ वर्षको ग्यारेन्टीसहितका विभिन्न पेन्टहरू उत्पादन गर्दै आएको छ। आईएसओ-लगायत नेपाल गुणस्तर (NS) चिन्ह प्राप्त गरिसकेको यस कम्पनीले स्वदेशी उत्पादनले पनि अन्तर्राष्ट्रिय स्तरको विश्वास जित्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
कम्पनीकी अध्यक्ष विमला आचार्यको दूरदर्शी नेतृत्व र प्रबन्ध निर्देशक प्रकाश आचार्यको सक्रिय व्यवस्थापनले टाटा पेन्ट्सलाई उद्योग क्षेत्रमा मजबुत रूपमा स्थापित गरेको छ। गुणस्तर र नवीनतालाई आत्मसात गर्दै अघि बढिरहेको कम्पनीले “हामी रंगान्छौं नेपाललाई ! ” भन्ने नारामार्फत स्वदेशप्रतिको माया र प्रतिबद्धता व्यक्त गरेको छ।
यसै क्रममा टाटा पेन्ट्सले चर्चित नायिका तथा मोडल श्रृष्टी खड्कालाई ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्दै आफ्नो ब्रान्डलाई अझ सशक्त बनाएको छ। प्रबन्ध निर्देशक प्रकाश आचार्य र नायिका खड्काबीच तीन वर्षे सम्झौता भएको हो । उनको व्यक्तित्व, लोकप्रियता र सकारात्मक छविले टाटा पेन्ट्सको सन्देशलाई अझ गहिरो रूपमा आम उपभोक्तामाझ पुर्‍याउने विश्वास कम्पनीले लिएको छ।
समयसँगै प्रविधि, गुणस्तर र विश्वासलाई रंगाउँदै आएको टाटा पेन्ट्स आज केवल पेन्ट उद्योग मात्र होइन, स्वदेशी उत्पादनप्रतिको गर्वको कथा बनेको छ—जहाँ प्रत्येक रङ्गले नेपाल रंगिने सपना बोकेको छ।

Previous articleTop Slots to Try on Lucky Mister Casino This Season
Next articleVipzino Casino: An Expert Overview
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।