रास्वपाका नवलपरासी जिल्ला सभापति पार्टी छाडेर काङ्ग्रेस प्रवेश

१४-फाल्गुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपरासीका जिल्ला सभापति महेन्द्र सिंह ठकुरीले पार्टी परित्याग गर्दै कांग्रेस प्रवेश गरेका छन् ।
आज बर्दघाट १२ चौपत्तामा आयोजित चुनावी सभामा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई कांग्रेस प्रवेश गराएका हुन् ।
रास्वपाका संस्थापक जिल्ला सभापति ठकुरी पछिल्लो समय टिकट वितरणको विषयलाई लिएर असन्तुष्ट थिए ।
ठकुरीले २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा १२ हजार ४९९ मत प्राप्त गरेका थिए।
चुनावको मुखमा ठकुरीको कांग्रेस प्रवेशले रास्वपालाइ धक्का लागेको छ । रास्वपाले कांग्रेसका लुम्बिनी प्रदेशका पूर्व महामन्त्री विक्रम खनाललाई टिकट दिएपछि ठकुरी असन्तुष्ट थिए ।
सुस्ता गाउँपालिकाका उपसभापति रहेका ठकुरीका दाइ गुप्तसेन ठकुरीले पनि केही दिन अगाडि रास्वपा परित्यागको घोषणा गरेका थिए।

Previous articleटिकट किन्नुपर्ने पार्टी भन्दै कास्कीका नेता राजु राईले छाडे रास्वपा
Next articleरवि सत्य होलान् भनेर गृहमन्त्री बनाएको थिएँ, तर अपराधी निस्किए: ओली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।