ठेलामा फलफुल बेचेर महिना कै लाख, +२ पास युवाको यस्तो छ ब्यापार

ठेलामा फलफुल बेचेर महिना कै लाख, +२ पास युवाको यस्तो छ ब्यापार

यतिबेला दिनको ठ्याक्कै १२ बजेको छ! हामी पूर्वी चितवनको भण्डारा बाट एउटा रिपोर्ट तयार गरेर फर्कदै छौ! रत्ननगरको टांडी चोकमा आईपुग्दा एकजना २१/२२ वर्षको युवक फलफूलको ठेला घिच्याईरहेका थिए! असिन पसिन गर्दै ठेला तानिरहेका युवक देखेर हामीलाई उनीसंग कुरा गर्ने सोच आयो! दिनभरी पब्जी, फ्रीफायर, फेसबुक, युटुब, टिकटक, ईन्स्ग्राटाम मा झुम्मने अहिलेका पुस्ताका एक युवा भने ३७ डिग्रीको यो घाममा ठेला तानिरहेका थिए!

सुरुमा त उनको ठेला अगाडी गएर उभिंदा उनको मुहारमा चमक देखियो! राम्रै ग्राहक आयो कि के हो भनेर मख्ख परेका उनि, हामी सामान किन्न भन्दा गफ गर्न तिर लागेपछि तर्किन पनि खोजे ! भिडियो खिचौ भनेर प्रस्ताव राख्दा त झन् उनि हुन्न हुन्न भन्दै उम्किन खोजे ! ” अहिले लाखौ युवा देशमा रोजगार छैन, काम पाईएन भन्दै कोहि विदेश जाने, कोहि बेरोजगार बस्ने गरेका छन्!

तपाइको काम देखे पछी अरुलाई पनि केहि शिक्षा प्राप्त हुन सक्छ नी भनेर सस्म्झाएपछी भने उनले के सोचे कुन्नि हामी संग कुरा गर्न राजि भए ! आउनुस आजको यो भिडियोमा चितवन जिल्ला रत्ननगर नगरपालिका वार्ड नं. १६ हात्तीगाड़े बस्ने वर्ष २१ का शसिम अधिकारी संगको यो प्रेरणामुलक कुराकानी हेरौ अनि सुनौ !

कोशी प्रदेश: प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

Previous articleसुतिरहेको बेलामा एक्कासी प्रधामन्त्रीको फोन आएपछि ! गुल्मीका यि युटुबर भाईरल भए, ओलीले फोनमा के भने (भिडियो हेर्नुस)
Next articleExit Visa लगाउन कागजात पठाउने बारे नेपाली दुताबास रियादको अत्यन्त जरुरी सुचना
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।