Exit Visa लगाउन कागजात पठाउने बारे नेपाली दुताबास रियादको अत्यन्त जरुरी सुचना

काठमाण्डौ – साउदीबाट स्वदेश फर्कनु पर्नेछ, तर बहिर्गमन भिसा लागेको छैन ? यदि त्यस्तो छ भने तपाईँले साउदीमा रहेको नेपाली दूतावासमा बहिर्गमन(एक्जिट भिसा)का लागि निवेदन दिनु पर्नेछ । साउदीमा गएपछि नै अकामा नबनाइदिएका, पाँच महिनाभन्दा लामो समयदेखि अकामाको म्याद सकिएका र कम्पनीले हुरुप लगाएका तथा कम्पनी छाडेकाहरुले यो समयमा स्वदेश फर्कनका लागि चाहिने बहिर्गमन भिसा(एक्जिट भिसा) का लागि निवेदन दिन सकिन्छ ।


निवेदन दिन ०५०००२१४०९ मा ह्वाट्स्एपमार्फत कागजात पठाउन सकिन्छ । बहिर्गमन भिसाका लागि निवेदन दिँदा दूतावासमा पासपोर्टमा आफ्नो फोटो रहेको पाना, अकामा( पाँच महिनाभन्दा लामो समयदेखि सकिएको भएमा), अकामा नबनाएको भएमा साउदी जाँदा साउदीको एअरपोर्टमा अध्यागमन काउन्टरमा लेखिएको बोर्डर नम्बर(यस्तो नम्बर अरबी भाषामा पासपोर्टको पानामा लेखिन्छ) दूतावासमा पेश गर्नुपर्छ । यस्तो छ दुताबासको सूचना

बहिर्गमन भिसा (Exit Visa) लिन कागजात पठाउने बारेको सूचना
साउदी अरेबियामा कार्यरत नेपालीहरुलाई शुरु देखि नै आकामा नबनाइदिएका, ५ महिनाभन्दा लामो समयदेखि आकामाको म्याद गुज्रेका, कम्पनीले हरुप (runaway) लगाएका र कम्पनी छाडेका हरुले स्वदेश फर्कन बहिर्गमन भिषा (Exit Visa) लगाउनु पर्ने भएमा देहायका कागजातहरु ०५०००२१४०९ मा Whatsapp गरी राजदूतावासमा पठाउनु हुन जानकारी गराईन्छ!
अनलाइनबाट फारम भरेका माथिको अवस्थाका निवेदकहरुको ले पनि यी कागजातहरु पठाउनु हुन अनुरोध छ!

- पासपोर्टमा आफ्नो फोटो रहेको पाना
- आकामा (पाँच महिना भन्दा बढी समयदेखि म्याद सकिएको भए मात्र)
- आकामा नबनाएको भए सऊदी अरेबियामा आउँदा एयरपोर्टस्थित अध्यागमनका काउन्टरमा लेखिएको बोर्डर नम्बर (अरबी भाषामा पासपोर्टको पानामा लेखिएको हुन्छ)
नेपाली राजदुताबास रियाद



