‘ई’ल्लिगल’ रुपमा बसेकाहरुलाई मलेशियाको नयाँ अफर

‘ई’ल्लिगल’ रुपमा बसेकाहरुलाई मलेशियाको नयाँ अफर

मलेशियाले अवै’धानिक रुपमा बसिरहेका विदेशी श्रमिकलाई न्यून शुल्क जरि’वाना तिरेर स्वदेश फर्किन पाउने वा निश्चित प्रकृया पुरा गरेर मलेशियामा नै रोजगारी गर्न पाउने व्यवस्था गरेको छ । रिक्यालिब्रेसन कार्यक्रम अन्तर्गत दुईवटा विकल्प मलेशिया सरकारले अगाडी सारेको हो । यस अन्तर्गत आफ्नो मलेशिया बसाईलाई वैधानिक बनाएर बस्न पाउने वा सहुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किन पाउने व्यवस्था गरेको हो ।

अवैधानिक रुपमा बसिरहेकाहरुलाई सदुलियत दरको जरिवाना तिरेर स्वदेश फर्किने अवशर अन्तर्गत त्यसरी बसिरेकाहरु अध्यागमन कार्यालयमा ५ सय मलेसियन रिंगिट तिरेर निश्चित प्रकृया पुरा गरी चेकआउट मेमो लिएर स्वदेश फर्किन सक्दछन् । यसका लागि स्वदेश फर्किन चाहनेहरुसँग राहदानी वा ट्राभल डकुमेण्ट तथा नेपाल फर्किने टिकटको बुकिङ हुनु पर्दछ । यो कार्यक्रम डिसेम्वर २१ देखि सुरु हुँदैछ । सो कार्यक्रम अन्तर्गत स्वदेश फर्किन चाहनेहरुले अनिवार्य रुपमा मलेसियाको अध्यागमन कार्यालयबाट चेक आउट मेमो लिएको हुनुपर्दछ ।

अन्यथा स्वदेश फर्किन पाइन्न । चेक आउट मेमो लिनका लागि अध्यागमन कार्यालयले बनाएको अनलाइन प्रणाली मार्फत सेवा लिन अग्रिम रुपमा समय लिनु पर्दछ । फर्म भर्न चाहनेहरुले आफ्नो पुरा नाम थर, राहदानी वा ट्राभल डकुमेण्ट, मोर्वाइल नम्वर ईमेल ठेगाना हुनुपर्दछ । यति कुरा भएपछि http://sto.imi.gov.my वेभसाइटमा जानुहोस् । त्यहाँ फर्म भरेपछि तपाईको ईमेलमा कन्फर्ममेसन आउँछ । ईमेलमा आउने कन्फर्ममेसनलाई प्रिन्ट गरेर सुरक्षित राख्नु पर्दछ ।

आफूले पाएको मितिमा अध्यागमन कार्यालयमा चेकआउट मेमोको प्रकृयाका लागि जाँदा तीन दिनभित्र कोभिड टेष्ट गरेको रिपोर्ट, राहदानी वा ट्राभल डकुमेण्ट तथा ५ सय रिंगिट भएको बैंक कार्ड, स्वदेश फर्किने टिकट (१४ दिनभित्रको उडान भएको) को बुकिङ साथमा हुनुपर्ने दूतावासले जानकारी दिएको छ । आफूले एपोईन्टमेण्ट पाएको समय भन्दा एक घण्टा अगाडी नै सम्वन्धित कार्यालयमा पुग्नु उचित हुने क्वालालम्पुर स्थित नेपाली दूतावासले जनाएको छ । प्रकृयाका क्रममा कुनै सम’स्या परेमा मद्धतका लागि दूतावासमा सम्पर्क गर्न क्वालालम्पुरस्थित नेपाली दूतावासका श्रम सहचारी प्रकाश पन्थीले बताए ।

कुनै जानकारी आवश्यक परेमा दूतावासको फोन नम्वर ०३२०२०१८९८/०३२०२०१८९९ मा वा हटलाइन नम्वर ०११६२४७२७७७ मा फोन गर्न सकिने दूतावासले जनाएको छ । यसैगरी कसैले मलेशियामा नै रहेर रोजगारी गर्न चाहेमा कम्पनी मार्फत वैधानिक हुन सक्ने अवशर दिएको छ । यसरी रोजगारी गर्न चाहनेहरुले उत्पादनमूलक क्षेत्रको काम, निर्माण, कृषि, क्षेत्रको काममा रोजगारी गर्न सक्ने जनाइएको छ ।

यसरी स्वदेश फर्किने वा वैधानिक रुपमा मलेशियामा नै बस्ने प्रकृया पुरा गर्न मलेशियाले सन् २०२१ को जुन महिनासम्मको समय दिएको छ । यसका लागि रोजगारदाताले मलेशियाको अध्यागमन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने अध्यागमन कार्यालयले जनाएको छ । मलेशिया सरकारले यो कार्यक्रममा सहभागि हुनका लागि कुनै व्यक्ति वा निकायलाई मध्यस्थताका लागि जिम्मेवारी नदिईएको भन्दै सम्भावित ठ’गिबाट जो’गिन सचेत बनाएको छ । देशपरदेश डटकम बाट 

‘स्कारपियो’ दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

Previous articleआज २०७७ साल मङ्सिर २५ गते विहिवार, आजको तपाईको दिन कस्तो छ? (राशिफल)
Next articleआज २०७७ साल मङ्सिर २७ गते शनिबार, आजको तपाईको दिन कस्तो छ? (राशिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।