दुताबासको सुचना: साउदीमा नयाँ Exit visa जारी भएका थप नेपालीहरुको नामावली
साउदीमा रहेका ५८ जना नेपालीहरुको बहिर्गमन भिषा जारी भएको छ | बिहिबार ५८ जना नेपालीले बहिर्गमन भिषा पाएको रियाद स्थित नेपाली दुतावासले जनाएको छ | दूतावासका अनुसार,साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन सक्ने छन् |स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएका, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकी अल’पत्र परेकाहरुले बहिर्गमन भिसाका लागि आवेदन दिन पाउने छन् |

साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नविकरण नगरिएका, Exit Visa को लागी आवेदन दिएका नेपाली नागरिकहरुलाई साउदीमा रहेको नेपाली राजदुतावासले जरुरी सुचना प्रकाशित गरेको छ ! दुताबासले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत सम्वन्धित सबैलाई सुचना जारी गरेको छ ! यदि तपाई साउदीमा हुनुहुन्छ भने यो सूचनालाई अवश्य शे-यर गरि सबैलाई जानकारी गराउन सहयोग गरिदिनुहोला !
बहिर्गमन भिषा जारी भएकाहरुको नामावली हेर्नुहोस



