मकवानपुरमा सुरु भयो पत्रकारहरुको लागी ५ दिने तालिम

निराजन घिमिरे, चैत ५, मकवानपुर- आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मतीको आयोजनामा बाग्मती प्रदेशमा क्रियाशील पत्रकारहरुको लागी मल्टिमिडिया तथा अनलाईन पत्रकारिता तालिम सुरु भएको छ । मकवानपुरगढ़िको एक रिसोर्टमा सुरु भएको तालिममा बाग्मती प्रदेशका २० जना पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको आज एक कार्यक्रम बीच उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन बाग्मती प्रदेशका मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रमुख सचिव डा. मान बहादुर बीकेले सहभागीहरुको र ब्यानरको फोटो खिचेर गर्नुभएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य दिनुहुँदै डा. बिकेले अहिलेको सामाजिक संजालको युगमा प्रत्येक व्यक्ति पत्रकार बनेको सन्दर्भमा अनलाईन पत्रकारहरुको भूमिका निकै महत्वपुर्ण हुने भन्दै समाचार र समाचार संस्थाको विश्वशनीयता कायम रहनेगरी समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका अध्यक्ष प्रताप बिस्टले आफ्नो ३९ वर्षिय पत्रकारिताको अनुभव सुनाउंदै तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पत्रकारीता गरेर पनि नेपालमा सहज जिवनयापन गर्न सकिन्छ भन्ने उदाहरण आफु पनि रहेको र पत्रकारले ठुला सपना पाल्न नहुने बताउनुभयो। कार्यक्रममा बाग्मती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बाग्मती प्रदेशमा कार्यरत पत्रकारहरुको लागी संचार रजिष्ट्रार कार्यालयले गर्दै आएका कामहरु बारे जानकारी दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता मुख्यमन्त्री एवं आन्तरिक मामिलाका सचिव मदन भुजेलले गर्नुभएको थियो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई पत्रकार उमेश श्रेष्ठ र प्रकाश सुवेदीले प्रशिक्षण दिनुहुनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालय बाग्मतीले आयोजना गरेको तालिमलाई संचार रजिष्ट्रार कार्यालय हेटौडाले समन्वय गरेको छ।

 

 

https://ujyaalonepalnews.com/archives/13876

Previous articleसाउदीमा लागु भएको नयाँ कानुन बारे रियादमा रहेको नेपाली दुताबासले जारी गर्यो यस्तो सूचना
Next articleनयाँ कानुन आएपनि साउदीमा अझै सम’स्या ज्युँ का त्यूँ, हेर्नुस के के छ स’मस्या
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।