सउल : इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति नि’धन भएको छ। दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत का’टेर तयारी अवस्थामा थिए।
एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए। राति कोरियाली समयअनुसार करिब २:३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए। उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहो’स अवस्थामा थिए। तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृ’त घोषणा गरेको थियो।
हाल उनको श’व परीक्षणका लागि अस्पतालमा राखिएको छ। घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र श’वलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको साहित्यकार भोजराज घोडासैनीले बताए।
घट’नाको प्रकृति हेर्दा हृदया’घात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए। गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए। अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी छन्।
https://ujyaalonepalnews.com/archives/13940


