साउदीबाट कोरोना पोजेटिभ रिपोर्ट बोकेका व्यक्तिलाई हिमालयन एअरलाइन्सले नेपाल झारेपछि….
हिमालय एअरलाईन्सको उडान नम्बर H9 5602 मा यात्रा गरेका एक जना यात्रुको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ लिएर जाँदा पनि हिमालय एअर लाईन्सका कर्मचारीहरुले उपयुक्त चेक जाँच नगर्दा उडानमा रहेका यात्रुले सास्ती पाएका छन।यात्रुहरु लाई काठमाण्डौ ओर्लिए पश्चात होटेल क्वारेन्टाईनमा पठाईएको छ।
आज बिहान साउदीको स्थानिय समय अनुसार ठिक १:३० बजे साउदी अरब बाट नेपालका लागी उडेको उक्त जहाजमा एक जना यात्रुको रिपोर्ट पोजिटिभ हुदा पनि हिमालय एअर लाईन्सले उडाएको पाईयो । त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा अबतरण भएपश्चात चेक जाँच गर्ने क्रममा उक्त यात्रुको पिसिआर रिपोर्ट पोजेटिभ पाईएको थियो ।

हिमालय एअरलाईन्सको यस्तो ठुलो लापरबाहि प्रति सम्पूर्ण यात्रुहरु ले आक्रोश ब्याक्त गरेका छन। हाल उक्त जहाजमा रहेका २२ जना यात्रुहरु लाई हिमालय एअरलाईन्सले जिम्मा लिने गरि अनिश्चितकालका लागी होटल क्वारेन्टिनमा राखेको छ तर हिमालय एअर लाईन्सले यात्रुहरु कै स्वास्थप्रति गरिएको यस्तो गैरजिम्मेवारी प्रति उक्त जहाजमा रहेका सबै यात्रुहरुले खेद प्रकट गरेका छन।
साथै हाल नेपालका सबै स्थानहरुमा लकडाउन भएका कारण सबैजसो यात्रुहरुले आन्तरिक उडानको टिकट लिएका थिए। हाल होटलमा रहेका यात्रुहरुले उक्त टिकटको क्षतिपूर्ति पनि हिमालय एअरलाईन्सले नै ब्योहोर्नु पर्ने जोड दिएका छन। अरबनेपाल बाट
https://ujyaalonepalnews.com/archives/14124


