युएईले अगस्ट ३० देखि टुरिस्ट भिषा जारी गर्दै; पर्यटक भिषामा युएई जानेले के के गर्नुपर्ला ?

युएईले अगस्ट ३० देखि टुरिस्ट भिषा जारी गर्दै; पर्यटक भिषामा युएई जानेले के के गर्नुपर्ला ?

उज्यालो नेपाल, २९ अगस्ट- संयुक्त अरब इमिरेट्स (यूएई)ले पूर्ण रुपमा खोप लगाइएका मानिसहरुको लागी पर्यटक भिसा जारी गर्ने भएको छ । यहि अगस्ट ३० देखि सबै देशका नागरिकका लागी पर्यटक भिषा उपलब्ध हुने युएईको  पहिचान र नागरिकता को लागी संघीय प्राधिकरण (ICA) र राष्ट्रिय आपतकालीन संकट र आपत  व्यवस्थापन प्राधिकरण
(NCEMA) संयुक्त रूपमा शनिबार घोषणा गरेका छन् ।

यसरी पर्यटक भिषामा युएई प्रवेश गर्नको लागी सयुक्त राष्ट्र संघ द्वारा मान्यता दिईएका खोपहरु मध्ये एउटा खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ । यूएई सरकारको यो निर्णयले यसअघि कोरोनाको कारण यात्रामा प्रतिबन्ध लगाएको देशलाई पनि खुला गरेको छ । टुरिस्ट भिसामा यूएई जानेले पनि एअरपोर्टमा र्यापिट पीसीआर परीक्षण गरेको हुनुपर्नेछ । भ्याक्सिनको सर्टिफिकेट ICA वेबसाईट वा  Al Hosn APP मा रजिस्टर गर्नुपर्नेछ ।

पर्यटक भिषामा युएई जानेले के के गर्नुपर्ला ?

  • अगस्ट ३० बाट पर्यटक भिषा खुल्ला हुनेछ ।
  • पर्यटक भिषाबाहकहरुले विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोपहरु मध्य एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।
  • यसअघि प्रतिबन्धित देशहरु बाट पनि पर्यटक भिषाको लागी आवेदन दिन सकिनेछ ।
  • पर्यटक भिषामा युएई जाने यात्रुले प्रस्थान विमानस्थलमा RDT test गरेको हुनुपर्नेछ।
  • युएईमा खोप लगाईएकाहरुलाई प्रदान गरिएको लाभ प्राप्त गर्न चाहने यात्रुहरुले  ICA वेबसाईट वा  Al Hosn APP मा आफ्नो खोप रजिस्टर गर्नुपर्नेछ।

 

विश्व स्वास्थ्य संगठनले मान्यता दिएका खोपहरु कुन कुन हुन् ?

  • AstraZeneca
  • Pfizer
  • Janssen
  • Moderna
  • AstraZeneca/CoviShield
  • AstraZeneca/AZD1222 (manufactured by the SII and SK Bio)
  • Sinopharm
  • Sinovac

 

( श्रोत खुलाईएका बाहेक उज्यालो नेपाल न्युजमा प्रकाशित अन्य सामाग्रीहरु उज्यालो नेपाल एडभरटाइजिङ एण्ड ब्रोडकाष्टिङ प्रा.लि का सम्पती हुन् । क्रेडिट दिएर वा नदिएर अन्य अनलाईनहरुमा यस्ता सामाग्रीहरु प्रकाशन/प्रशारणमा रोक लगाईएको छ । यदि यस्तो कार्य भए/ गरेको पाईएमा कानुनि उपचारको लागी बाध्य भईनेछ । त्यस्तै  कपिराईटको लागी फेसबुकमा समेत रिपोर्ट गरिने छ )

https://ujyaalonepalnews.com/archives/15659

Previous articleकतार प्रहरीमा रोजगारीको बाटो खुल्यो: मासिक तलब २ लाख सम्म हुने
Next articleभद्रकाली मन्दिर परिसरमा राधाकृष्ण प्राण–प्रतिष्ठा तथा मन्दिर उद्घाटन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।