माग्नेबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खुलाए यस्तो कुरा (भिडियो सहित)

माग्नेʼबुढाको बुवाआमासँग भेट्दा यति धेरै हँसाए, केदार बारे खु’लाए यस्तो कुरा (भिडियो सहित) 

उज्यालो नेपाल- केदारको कक्षा ८ पास गरेर ९ कक्षामा जानु पर्ने थियो । त्यतिबेला त्यस्ले भन्थ्यो, पास भईयो भने नौं मा फेल भईयो भने अनौं मा । ठ्याक्कै त्यसले भने झैं भयो ।’ यो भनाई हो हास्य’कलाकार केदार घिमिरेका बुवा कृष्ण प्रसाद घिमिरेको । केदारका बुवा कृष्ण प्रसादले छोरा केदारलाई माग्ने बुढा भनेर सबैले चिनिदिएकोमा उनी निकै नै खुशी छन् ।

उनलाई पनि माग्नेको बुवा भनेर मान्छेहरुले चिन्दा खुशी लाग्ने ब’ताउँछन् । केदार जस्तै हँसिला मिजासका केदारका बुवा कृष्ण प्रसादले आफ्नो छोरा केदारको सानै देखि हाँसो मजाक र ठट्योली बानी भएको बताए । उनले भने, हुने बिरुवाको चिल्लो पात भने झैं केदारले सानैबाट ऊ आफु के बन्ने भन्ने कुराको झलक देखाई रहेको थियो ।

आज मेरो छोरो त्यही बन्यो ।’ बुवा कृष्ण प्रसादले आफुलाई चिनेजानेका जतिले माग्ने बुढाको बुवा भनेर बोलाउँदा अत्ति नै खुशी लाग्ने पनि बताए । यो विषयमा उनी भन्छन्,‘पहिला पहिला मलाई मेरै नामले बोलाउनेहरुले अहिले माग्ने बुढाको बुवा भनेर बोलाउँछन् । त्यतिबेला असाध्यै खुशी लाग्छ ।’

हास्यकलाकार केदारका बुवाले छोरा केदारको मात्र कुरा गरेनन् । उनले आफ्नो जीवनको उतारचढावका पनि कुराहरु सनाएका छन् । केदार सानै हुँदा उनकी आमाको स्वर्गवास भए’को हुनाले उनले आफ्नो जीवनको आवश्यकतालार्इृ मध्य नजर गर्दै दोश्रो बिहे गरेको कुरा पनि सुनाए । दोश्रो बिहे गर्दा उनले सबैसंग सल्लाह गरेर गरेको पनि बताए । यसका साथै कृष्ण प्रसाद घिमिरेले पहिचान जब सन्तानको नाममा जोडिन्छ त्यो नै एउटा आमा बुवाको’लागी गर्वको कुरा भएको बताए ।

भिडियो हेर्नुहोला

https://ujyaalonepalnews.com/archives/16182

Previous articleमलेशिया बाट फर्कने ईलिगल नेपाली माथी ‘ दले दाई ‘ को ब्रम्हलूट
Next articleमेलम्ची १३ एमाले कमिटी: पाकाको अनुभव, युवाको उर्जा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।