सुन तस्करको अनेक दाउ; फ्लाई दुबईमा आएका यात्रुले ल्याए मलद्वारमा लुकाएर सुन

काठमाडौं । नेपालमा सुन तस्करहरूले एकपछि अर्को गर्दै तस्करीको शैली फेर्दै लगेको पाइएको छ । कहिले विभिन्न कपडा तथा सामानमा फल्स बटन बनाएर, कहिले डायपरमा लुकाएर त कहिले निलेर सुन ल्याउँदै आएका तस्करहरूलाई पक्राउ गरेको प्रहरीले बुधबार भने मलद्वारमा लुकाएर सुन ल्याएको फेला पारेको हो । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान साढे ९ बजे मलद्वारमा लुकाएर सुन ल्याएको पाइएपछि भारतीय नागरिक मोहमद जुबेदलाई पक्राउ गरेको हो ।

उनी दुबईबाट फ्लाइ दुबई एयर हुँदै नेपाल आएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले जुबेदको हाउभाउ शंकास्पद लागेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा सुन ल्याएको पाइएको बताए । ‘उनको हाउभाउ, हिडाइ शंकास्पद देखियो, त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुन ल्याएको खुल्यो,’ विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी बाँस्तोलाले भने !

सोधपुछका क्रममा उनले आफूले मलद्वारमा सुन लुकाएर ल्याएको स्वीकारेका थिए । त्यसपछि प्रहरी र भन्सारका कर्मचारीले उनलाई थप सोधपुछ गरेका थिए । उनले सुन तस्करी गरेको स्वीकारेपछि प्रहरीले पानी र चिया खुवाएर शौचालयमा लगी दिशामार्फत सो सुन निकालेको थियो । सो क्रममा सुनका तीनवटा बिस्कुट भेटिएको हो । सुन निकालिएपछि प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिलाई भन्सार विभागको जिम्मा लगाइएको एसएसपी बाँस्तोलाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा सो सुन नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ लैजान खोजिएको देखिएको र थप अनुसन्धान जारी रहेको प्रहरी बताउँछ ।

२७ करोड बढीको अवैध सुन बरामद

नेपाल प्रहरीले आर्थिक वर्ष २०७७-७८ मा २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँबराबरको अवैध सुन बरामद गरेको थियो । यसैगरी, आर्थिक वर्ष २०७६-७७ मा २० करोड ३० लाख ५१ हजार १ सय ३२ रुपैयाँबराबरको अवैध सुन बरामद गरेको थियो । त्यसअघि आर्थिक वर्ष २०७५-७६ मा २३ करोड ५५ लाख ४१ हजार ८ सय ४१ रुपैयाँबराबरको अवैधन सुन बरामद गरी नेपाल प्रहरीले कुल राजस्व संकलनमा योगदान गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।

यी तीन वर्षको तुलनामा आर्थिक वर्ष २०७७-७८ मा भने आर्थिक वर्ष २०७६-७७ मा भन्दा ३३ दशमलव ७५ प्रतिशतले बढी रकमबराबरको सुन बरामद भएको तथ्यांकले देखाएको छ ।

https://ujyaalonepalnews.com/archives/16325

Previous articleसाउदी प्रहरीको विशेष अप’रेसन; एक हप्तामा १५ हजारबढी विदेशी कामदार पक्राउ
Next articleसाउदीमा काम गर्ने बिदेशी कामदारहरुले अब त्रैमासिक रुपमा आफ्न ईकामा नविकरण गर्नसक्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।