साउदीमा ठ’गहरु बाट जोगिन नेपाली दुताबासको अनुरोध; जारी गर्यो यस्तो सुचना

काठमाण्डौ – साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठ’गहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा सम’स्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठ’गी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठ’गबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो । साउदीमा बेखर्ची भएर दूतावासको सेल्टरमा बसेका, साथीभाइको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका, टिकटको लागि ट्राभल एजेन्सीमा गएका श्रमिकलाई विभिन्न बहाना बनाएर ठ’ग्ने क्रम बढेको छ ।

दूतावासका अनुसार ठ’गहरुले ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सीसीएमसी फारम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेका छन् । दूतावासबाट निःशुल्क प्रदान गरिने सेवाको लागि पनि बाहिर बसेर पी’डितलाई फकाइ अनावश्यक खर्च गर्न लगाउने गरेको दूतावासको भनाइ छ ।

आफूलाई समाजसेवी भन्नेहरुले नै यसप्रकारको ठ’गी गर्दा वास्तविक समाजसेवीहरुको कामको अवमूल्यन हुने भन्दै दूतावासले आ’पत्ति जनाएको छ । कसैले यस्ताे ठ’गी गरेकाे पाएमा दूतावासमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन समेत दूतावासले आग्रह गरेको छ ।

नेपाली राजदूतावासले जारी गरेको सूचना यस्तो छ 

ठ’गहरुबाट बच्न साउदी अरबमा रहेका नेपाली श्रमिकहरुलाई अनुरोध

राजदूतावासको सहयोग र समन्वयमा साउदी वहिर्गमन भिसा (फाइनल एक्जिट) प्राप्त गरेका तथा विदामा स्वदेश जान लागेका केही सिधासादा नेपाली श्रमिकहरुलाई हवाईजहाजको टिकट काट्ने एका दुई नेपाली एजेण्टहरुले ठ’गेका गु’नासाहरु दूतावासमा प्राप्त भएका छन्‌ । बेखर्ची भएर राजदूतावासको सेल्टरमा आश्रय लिई महिनौं बसेका, साथीभाईको आर्थिक सहयोगमा स्वदेश फर्किन प्रयास गरिरहेका र ट्राभल डकुमेण्ट समेत जारी भई स्वदेश जाने टिकटको लागि ट्राभल एजेन्सीमा गएका कामदारलाई विभिन्न बहानामा ठ’ग्ने गरेको पाइएको छ ।

ट्राभल डकुमेण्ट खर्च, फोटोकपी खर्च, सिसिएमसी फाराम भरेको खर्च जस्ता बनावटी शीर्षकका नाममा रकम लिने गरेको पाइएको हुँदा यस प्रकारका ठ’गीबाट जोगिनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ । आफुलाई समाजसेवी भन्न रुचाउने र विभिन्न संघसंस्थामा आवद्व भएका भनिएकाहरुबाटै यस प्रकारका ठ’गी भएको पाइएको छ । केही तथाकथित सामाजसेवीबाट यस्ता प्रकारका ठगिहरू भैदिंदा मन, वचन र कर्मले प्रवासी नेपाली दाजूभाई तथा दिदीबहिनीहरूको सेवामा ओहोरात्र खटिने अन्य वास्ताविक समाजसेवीहरू प्रति ठूलो अन्या’य हुनजाने र उहाँहरूले पुच्याउने योगदारको अवमूल्यन हुने ख’तरा रहन्छ ।

तसर्थ, कोही कसैलाई पनि यस प्रकारको नि’न्दनीय कार्यमा संलग्न नहुन सचेत गराइन्छ । कसैले आफू ठ’गिएको महसुस भएमा राजदूतावास वा नजिकैको प्रहरीमा जानकारी गराउनुहुन अनुरोध गरिन्छ । साथै, कोही कसैले ठ’गी गरेको लिखित उजुरी परेमा उजुरी उपर आवश्यक छानविन गर्दा ठ’गी भएको पाइएमा आवश्यक कार’वाहीको लागि सम्बन्धित साउदी निकायमा समेत पत्राचार गरिने व्यहोरा पनि यसै सूचनामार्फत्‌ सम्बन्धित सबैमा जानकारी गराइन्छ। नेपाली राजदूतावास रियाद। २०७८।०९।२९

https://ujyaalonepalnews.com/archives/17209

Previous articleखैरहनी नगरपालिकाको दसौं नगर सभा सम्पन्न , वडागत ७४ वटा योजना संशोधन
Next articleकोरोना कहरमा चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।