कोरोना कहरमा चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

कोरोना कहरमा चार्टर्ड उडानमा भएकाे अनियमितता छानबिन गर्न समिति गठन

२९ पुस, काठमाडौं । कोभिड–१९ संक्रमणको समयमा विगतमा भएका चार्टर्ड उडानमा राष्ट्रिय ध्वजावाहक नेपाल एअरलाइन्सलाई कम उडानको अनुमति दिइएको सन्दर्भमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबीन समिति गठन गरेको छ ।

लकडाउनका बेला विदेशबाट नेपालमा यात्रु ल्याउने प्रयोजनका लागि नेपाल एअरलाइन्सले ६५ वटा उडानको अनुमति पाएको थियो । निजी लगानीको हिमालय एअरलाइन्सले भने २३१ वटा उडान गरेको थियो । ध्वजावाहक नेपाल एअरलाइन्सले निजी क्षेत्रलाई पृष्ठपोषण हुने गरी निजीलाई बढी अनुमति दिइएको गुनासो गर्दै आएको छ । यस सन्दर्भमा छानबीन गरी १० दिन भित्र प्रतिवेदन बुझाउन समिति गठन भएको हो ।

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठन भएको समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यवाहक महानिर्देशक प्रेमनाथ ठाकुर समेत छन् । समिति गठन भएको जानकारी आफूले पाएको र कार्यक्षेत्र बुझ्न बाँकी रहेको संयोजक लुइँटेलले अनलाइनखबरलाई बताए ।

https://ujyaalonepalnews.com/archives/17212

Previous articleसाउदीमा ठ’गहरु बाट जोगिन नेपाली दुताबासको अनुरोध; जारी गर्यो यस्तो सुचना
Next articleत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।