दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो

काठमाडौं । दूग्ध विकास संस्थान (डीडीसी)ले शुक्रबारबाट लागू हुनेगरी दूधमा उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएको छ । १७ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले किसानको कच्चा दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएपछि डीडीसीले पनि उपभोक्ता मूल्य बढाएको हो ।

सरकारले किसानको मूल्यवृद्धिपछि डीडीसीले पनि उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएर ८५ रुपैयाँ पु¥याएको छ । यसअघि डीडीसीले उपभोक्तालाई मूल्य प्रतिलिटर ७६ रुपैयाँमा बिक्री गर्दै आएको थियो ।

डीडीसीका अनुसार प्रतिलिटर ९ रुपैयाँ बढाउँदा काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा दूधको प्रतिलिटर मूल्य ८५ रुपैयाँ पुगेको छ । यसैगरी, बुटवल र भैरहवामा एक लिटरको मूल्य ८१ र नेपालगन्ज र धनगढी क्षेत्रमा प्रतिलिटर मूल्य ७९ रुपैयाँ कायम भएको छ ।

मन्त्रिपरिषद्को बैठकले किसानले पाउने दूधको प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रुपैयाँ चार पैसा पु¥याउने निर्णय गरेको थियो ।

डीडीसीले कच्चा दूधको मूल्यवृद्धिसँगै ढुवानी भाडा लागत खर्च बढेको हुँदा वैज्ञानिक आधारमा स्टान्डर्ड दूधको मूल्य बढाउने निर्णय गरेको जनाएको छ ।

कच्चा दूधको मूल्यवृद्धिपछि दूग्ध विकास बोर्ड र डीडीसीले दूधको प्रतिलिटर १० रुपैयाँ बढाउनुपर्ने भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा माग पत्र पठाएका थिए । सो मागअनुसार मन्त्रालयले बुधबार उपभोक्ता मूल्य निर्धारण गर्न डीडीसीलाई सहमति दिएको थियो । मन्त्रालयले बुधबार ३ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनफको आधार मूल्य बढाउन डीडीसीलाई अनुमति दिएको थियो । मन्त्रालयले डीडीसीलाई उपभोक्ता मूल्यवृद्धि गर्न अनुमति दिएपछि डीडीसीले पनि मूल्य बढाउने निर्णय गरेको हो ।

डीडीसीका अनुसारका काठमाडौं उपत्यकामा दैनिक ७७ हजार लिटर दूध बिक्री वितरण हुन्छ भने ८० देखि ९० हजार लिटर संकलन हुन्छ । हाल देशभर दैनिक १ लाख २० हजार लिटर बिक्रीवितरण हुन्छ भने १ लाख ३० हजार लिटर दूध संकलन हुन्छ । जसमा डीडीसीले १ लाख ५ हजार लिटर बजारमा बिक्री गर्छ भने २५ हजार लिटर उद्योगलाई बिक्री गर्छ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको छ । हाल दूधको न्यूनतम फ्याट ४ प्रतिशत र एसएनएफ (घृतांशबाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । फ्याटको मूल्य १३ दशमलव ५ प्रतिशतले प्रतिलिटर २७ दशमलव २४ रुपैयाँ र एसएनएफको मूल्य १३ प्रतिशतले प्रतिलिटर २८ दशमलव ८ रुपैयाँ गरी दूधको मूल्य ५६ दशमलव शून्य ४ रुपैयाँ कायम गरिएको छ ।

The post दूधमा उपभोक्ता मूल्य नौ रुपैयाँले बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

घुसपैठको आरोपमा पोखरा आन्दोलनमा कुटिएका व्यक्ति रास्वपाकै स्थानीय नेता

Previous articleएमाले जनसङ्गठनका केन्द्रको अधिकतम सङ्ख्या २९९
Next articleफेरि घट्यो बजेटको आकार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।